जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ « Khabarhub

जेनजी आन्दोलनमा कारागारबाट फरार श्रेष्ठ पक्राउ


३० बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत भदौ २३/२४ को जेनजी आन्दोलनमा कारागारबाट फरार भएका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा रामेछाप दोरम्बा शैलुङ गाउँपालिका–७ का ३८ वर्षीय दीपक श्रेष्ठ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

उनले भने, ‘वादी नेपाल सरकार प्रतिवादी निज श्रेष्ठ भएको बैंकिङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको २०८१ असोज १० गतेको आदेशले धरौटी माग भएकामा धरौटी रकम दाखिला गर्न नसकी पुर्पक्षका लागि केन्द्रीय कारागार कार्यालय, जगन्ननाथदेवल पठाइएकामा गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार रहेका थिए ।’

पक्राउ परेका निज श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा, प्रहरी वृत्त कालीमाटी, प्रहरीवृत्त बानेश्वरमा बैंकिङ कसुरमा मुद्दा दर्ता भई जम्मा बिगो एक करोड २६ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

निजलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरी आज केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल, काठमाडौँ पठाइएको प्रवक्ता कार्कीले बताए ।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार  ९ : २० बजे

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

भद्रपुर – झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ‘जेनेरेटर’ वितरण

रसुवा – भोटेकोशी बाढीबाट प्रभावित यहाँका विभिन्न समुदाय, विद्यालय तथा

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन

बागलुङ – निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको

आजको मौसम पूर्वानुमान : पाँँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।