निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना « Khabarhub

निर्माण व्यवसायी आन्दोलनमा, देशभर धर्ना


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल निर्माण व्यवसायी महासंघले देशभर निर्माण सामाग्रीको मूल्य समायोजन गर्न माग गर्दै आजदेखि धर्ना कार्यक्रम सुरु गरेको छ ।

धर्ना अघि महासंघका एसोसिएट संयोजक नवराज श्रेष्ठको नेतृत्वको टोलीले सडक विभागका महानिर्देशक विजय जैशीलाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा महासंघका महासचिव शिवहरि घिमिरे पनि सहभागी थिए ।

महासंघका अनुसार मध्यपूर्वमा जारी युद्धका कारण इन्धनसहित निर्माण क्षेत्रमा प्रयोग हुने सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेको छ । त्यसले निर्माण उद्योग संकटमा परेको र धेरै आयोजना प्रभावित बनेको महासंघको दाबी छ ।

महासंघले सडक विभागसँगै जलस्रोत तथा सिँचाइ विभाग लगायत देशैभरका सारेकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको पहिलो दिन आधा घण्टा मात्रै धर्ना दिएको श्रेष्ठले बताए ।

माग सम्बोधन नभएसम्म धर्ना कार्यक्रम जारी रहने महासंघको भनाइ छ । यस्तै, महासंघले व्यवसायी प्रकाउ गरेको भन्दै सरकारको विरोध गरेको छ ।

 निर्माण व्यवसायी महासंघको तथ्यांकअनुसार डिजेल तथा बिटुमिनको मूल्यवृद्धिका कारण निर्माण व्यवसायीलाई हालसम्म करिब १० अर्ब रुपैयाँ घाटा भएको छ । मूल्यवृद्धिको असरले देशभर सञ्चालनमा रहेका करिब ३० हजार आयोजना धराशायी बनेका छन ।

आर्थिक वर्ष २०८१-०८२ मा देशभर १४ लाख ६६ हजार २ सय ८५ किलोलिटर डिजेल खपत भएकोमध्ये निर्माण व्यवसायीले करिब २० देखि २५ प्रतिशत प्रयोग गरेका छन ।

निर्माण कार्य बढी हुने फागुनदेखि असारसम्म मात्रै करिब १ लाख ४६ हजार ६ सय २८ किलोलिटर डिजेल खपत हुने उल्लेख छ । डिजेलमा प्रतिलिटर ८६ रुपैयाँ मूल्यवृद्धि हुँदा व्यवसायीलाई करिब १४ अर्ब ६६ करोड रुपैयाँ अतिरिक्त भार परेको छ ।

हालसम्म करिब ६ अर्ब रुपैयाँ घाटा भइसकेको महासंघको दाबी छ । यस्तै, बिटुमिनमा प्रतिकेजी ७५ रुपैयाँ मूल्यवृद्धि हुँदा करिब ७ अर्ब १३ करोड रुपैयाँ अतिरिक्त लागत थपिएको छ ।

जसबाट हालसम्म करिब ४ अर्ब रुपैयाँ घाटा पुगेको निर्माण व्यवसायी महासंघले जनाएको छ । फागुनदेखि असारसम्म मात्रै करिब ९ करोड ५१ लाख ४ हजार १ सय ६० केजी बिटुमिन खपत हुने गरेको तथ्यांकमा उल्लेख छ ।

निर्माण सामग्री र इन्धनको लगातार बढ्दो मूल्यका कारण लागत अस्वाभाविक रूपमा बढेको तथा मूल्य समायोजनको व्यवस्था प्रभावकारी नहुँदा निर्माण क्षेत्र संकटमा परेको व्यवसायीको भनाइ छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १२ : २२ बजे

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा