विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक « Khabarhub

विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न इच्छुक


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व बैंकले नेपालको शिक्षा क्षेत्रमा थप लगानी गर्न चासो देखाएको छ । बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल सँग मन्त्रालयमा भएको भेटमा नेपालका लागि विश्व बैंकका कन्ट्री डाइरेक्टर डेभिड सिस्लेनले नेपालको शिक्षा क्षेत्रमा थप लगानी र सहकार्य विस्तार गर्न विश्व बैंक इच्छुक रहेको बताएका हुन् ।

भेटवार्तामा शिक्षा क्षेत्र सुधार, शैक्षिक पूर्वाधार विस्तार तथा प्रविधिमैत्री शिक्षा प्रणाली निर्माणका विषयमा विस्तृत छलफल भएको मन्त्रालयले जनाएको छ । विशेषगरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षामा पहुँच विस्तार र दीर्घकालीन सुधारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

सो अवसरमा मन्त्री पोखरेलले मन्त्रालयका वर्तमान प्राथमिकताबारे जानकारी गराउँदै शैक्षिक पूर्वाधार विकास, फाउन्डेसन लर्निङ सुदृढीकरण तथा शिक्षामा डिजिटाइजेशन र प्रविधि विस्तारलाई सरकारले प्रमुख एजेन्डाका रूपमा अघि बढाएको बताए।

‘गुणस्तरीय, समावेशी र प्रविधिमैत्री शिक्षा प्रणाली निर्माण वर्तमान सरकारको मुख्य उद्देश्य हो,’ मन्त्री पोखरेलले भने, ‘विकास साझेदार संस्थाहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

भेटमा डिजिटल शिक्षाको पहुँच विस्तार, सिकाइ उपलब्धि सुधार तथा शिक्षा प्रणालीलाई समयानुकूल बनाउने विषयमा समेत छलफल भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  १२ : ४४ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ- काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

जुम्ली किसानलाई वर्षेबाली भित्र्याउन भ्याइनभ्याइ

जुम्ला – जुम्लाका किसानलाई यो याममा बर्खे बाली भित्र्याउन चटारो

सरकारको अपरिपक्वता र विवादास्पद कदमविरुद्ध सडकबाटै खबरदारी गर्छौँ : युवा नेता पराजुली

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता सुदेश पराजुलीले

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

ख्वप (भक्तपुर)- भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

रौतहटको औरैयामा सञ्चालित प्रसूति केन्द्र ‘मोडेल’ बन्न सफल

काठमाडौँ- युएनएफपिएको सहयोगमा नेपालमा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई