‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो « Khabarhub

‘मार्को लु’ बनेर चीन पसे अमेरिकी विदेशमन्त्री रुबियो


३१ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगै विदेशमन्त्री मार्को रुबियो पनि यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी प्रतिनिधिमण्डलको जम्बो टोलीका साथ राष्ट्रपति ट्रम्प र विदेशमन्त्री रुबियो चीन पुगेका हुन् ।

रुबियो चीनले प्रतिबन्ध लगाएका नेता हुन् । विदेशमन्त्री बन्नु अघिदेखि नै चीनले रुबियोमाथि प्रतिबन्ध लगाएको छ । अहिले आफैँले प्रतिबन्ध लगाएका नेतालाई चीनले कसरी प्रवेश दियो भन्ने चर्चा छ ।

समाचारमा जनाइएअनुसार चीनले जुक्ति लगाएर रुबियोलाई बेइजिङमा स्वागत गरेको हो । अल जजीराका अनुसार चीनले रुबियोलाई बेइजिङमा स्वागत गर्न रुबियोको नाम नै परिवर्तन गरेको छ ।

चीनले अमेरिकी विदेशमन्त्री रुबियोको नाम नै बदलेको छ । आधिकारिक कागजातमा उनको नामको पहिलो अक्षर ‘रु’ लाई बदलेर ‘लु’ राखिएको छ । चिनियाँ रेकर्डमा उनको नाम ‘मार्को लु’ कायम गरिएको छ ।

रुबियोमाथिको प्रतिबन्ध नहटाउनका लागि चीनले यस्तो कूटनीतिक जुक्ति लगाएको अल जजीराले उल्लेख गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयले सन् २०२५ को जनवरीमै यसको तयारी गरेको थियो । रुबियो विदेशमन्त्री बनेदेखि नै चीनका सरकारी सञ्चारमाध्यमले उनको नामको उच्चारण परिवर्तन गरिसकेका थिए ।

मन्त्रालयले ट्रम्पसँगै रुबियोलाई पनि चीनमा स्वागत गर्ने संकेत मार्चमै दिएको थियो ।

रुबियो सिनेटर हुँदा चीनले उनीमाथि दुई पटक प्रतिबन्ध लगाएको थियो । क्युबाली मूलका रुबियो कम्युनिष्ट विचारधाराका कट्टर आलोचक हुन् । हङकङ र सिनजियाङ मामिलामा कडा टिप्पणी गरेकै कारण उनी चीनको तारो बनेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ३ : २२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका