पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू)  « Khabarhub

पर्यटकीय आकर्षण बन्दै थारु सांस्कृतिक संग्रहालय (तस्बिरहरू) 


१ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

दाङ– थारु समुदायको इतिहास, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दाङमा निर्माण गरिएको थारु सांस्कृतिक संग्रहालय अहिले लुम्बिनी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एकका रूपमा स्थापित हुँदै गएको छ।

दंगीशरण गाउँपालिका–३ चखौरमा रहेको संग्रहालयले थारु समुदायको जन्मदेखि मृत्युसम्मका संस्कार, कला, संस्कृति तथा जीवनशैलीलाई मूर्तिमार्फत जीवन्त रूपमा प्रस्तुत गरेको छ। संग्रहालय अवलोकनका लागि दैनिक सयौँदेखि एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

दाङ थारु समुदायको प्रमुख आधारभूमिका रूपमा परिचित छ। थारुका प्रथम राजा दंगीशरणले शासन गरेको जनविश्वासका आधारमा गाउँपालिकाको नाम दंगीशरण राखिएको मानिन्छ। संग्रहालय परिसरमा राजा दंगीशरणको प्रतिमा, ऐतिहासिक मूर्ति तथा नक्सासमेत राखिएको छ।

संग्रहालयभित्र थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार, देवस्थल, पूजा–पाठ गर्ने स्थान तथा जन्म र मृत्यु संस्कारसँग सम्बन्धित सामग्री सजाएर राखिएका छन्। थारु पुरुष तथा महिलाले प्रयोग गर्ने पोशाक, गहना, सांस्कृतिक नाचगानका भेषभूषा र श्रृंगारका सामग्री पनि प्रदर्शनीमा समावेश गरिएको छ।

यहाँ दाङ, चितवन, कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र मोरङलगायत क्षेत्रमा बसोबास गर्ने थारु समुदायको जीवनशैली, परम्परा र संस्कृतिसँग सम्बन्धित सामग्री संरक्षण गरिएको छ। संग्रहालयमा थारु समुदायले प्रयोग गर्ने कृषि औजार, माटाका भाँडा, ढकिया, गुन्द्री, काठका चप्पल, चाँदीका गहना तथा खेतबारीमा प्रयोग हुने उपकरणसमेत राखिएका छन्।

करिब पाँच बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा दुई सयभन्दा बढी मूर्ति निर्माण गरिएको छ। यहाँ पुरानो तथा नयाँ संग्रहालय भवन, विश्राम गृह, थियटर हल, पुस्तकालय, रेकर्डिङ स्टुडियो, कोशेली घर, पाहुना घर, रेष्टुरेन्ट तथा सभाहल सञ्चालनमा छन्। रेष्टुरेन्टमा थारु समुदायका परम्परागत परिकारको स्वाद लिन सकिने व्यवस्था गरिएको छ भने पर्यटकका लागि आवास सुविधासमेत उपलब्ध छ।

संग्रहालयमा थारु समुदायको माछा मार्ने परम्परागत सामग्री, कुलो, झरना तथा सांस्कृतिक प्रतिमाले थप आकर्षण थपेका छन्। पर्यटकलाई संग्रहालयबारे जानकारी दिन गाइडको व्यवस्था गरिएको छ।

संग्रहालयका कारण स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै तरकारी, माछा, घुँघी तथा स्थानीय परिकार उत्पादन र बिक्रीमार्फत सयौँ स्थानीयवासीको आयआर्जनमा समेत टेवा पुगेको छ।

प्रकाशित मिति : १ जेष्ठ २०८३, शुक्रबार  १२ : ५३ बजे

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय