नाबालक छोरा छोडेर ठगी धन्दामा : ‘डिपेन्डेन्ट भिसा’मा अमेरिकाको सपना देखाउँदै ठगी | Khabarhub Khabarhub

नाबालक छोरा छोडेर ठगी धन्दामा : ‘डिपेन्डेन्ट भिसा’मा अमेरिकाको सपना देखाउँदै ठगी


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोफी शाहीले दर्जन बढी युवाहरुलाई अमेरिकाको सपना देखाएर ठगी धन्दा नै चलाएको रहस्य खुलेको छ ।

उनले सामाजिक सञ्जाल ‘फेसबुक’ मा छद्म नामको आइडी बनाएर युवाहरुसँग नजिक हुने र उनीहरुलाई अमेरिकाको सपना देखाएर ठगी  गर्ने गरेको रहस्य खुलेको हो ।

दर्जनौं युवालाई ठगेको आरोपमा उनलाई महानगरीय प्रहरी वृत बौद्धको टोलीले पक्राउ गरेको छ।

दैलेख बाङ्खकोट नगरपालिका स्थायी घर भएकी शाहीलाई बौद्धबाट पक्राउ गरेर ठगी मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए । उनलाई गत शुक्रवार पक्राउ गरिएको हो ।

सोफीले ‘सोफीया तामाङ’ को नामबाट फेसवुक आइडी बनाइ युवाहरुलाई अमेरिकाको सपना बाँड्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एमबीबीएस पढ्दै गरेको बताउने सोफीले आफ्नी आमा पेम्बा शेर्पा अमेरिकामा भएको भन्दै युवाहरुलाई चङ्गुलमा पार्ने गर्थिन् ।

उनी आफैले ‘पेम्बा शेर्पा’ नामको आईडीबाट मेसेज गरेर अमेरिका सपना देख्नेहरुलाई ‘डिपेन्डेन्ट भिसामा आउन मिल्छ विवाह गरेर आउनु’ भनेको रिप्लाई गरेको मेसेजको स्क्रिन शट काटेर अमेरिका जान चाहनेहरुलाई पठाउने गरेको खुलासा भएको हो ।

उनले ‘सँगै अमेरिका जाऔं’ भन्दै पटक–पटक नक्कली विवाह समेत गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सोफीले ०७४ मा सिन्धुपाल्चोकको हेलम्बुका एकजनासँग  विवाह गरेकी थिइन् । सोफीबाट उनको एउटा छोरा पनि जन्मिसकेको छ ।

सोफीले सिन्धुपाल्चोककै इन्द्रावती घर भएका अर्कैसँग पनि  दोस्रो विवाह गरिन् । पहिलो श्रीमानबाट जन्मेको छोरालाई उनले काठमाडौंमा रहेको डेरामा छाडेकी थिइन् ।

प्रहरी अनुसन्धानका क्रममा बच्चा समेत छाडेर उनी ठगी धन्दामा लागेको  खुलेको हो । पहिलो श्रीमानबाट जन्मेको उनको छोरा १ वर्षको रहेको जनाइएको छ ।

सोफीबाट ठगिएका चार जनाले महानगरीय प्रहरी वृत बौद्धमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जाहेरी दिनेहरुले कसैले २ लाख, कसैले १ लाख नगर र सुनका गरगहनासमेत लुटिएको जनाएका छन् ।

पछिल्लो समय सोफीले दोस्रो श्रीमान् र बच्चा पनि छाडेर  नयाँ बस्तिमा बसेर ठगी धन्दा चलाइरहेको अनुसन्धानबाट खुलेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ०१ बजे

भारतले आफ्नै भाषा मोडेल निर्माण गरिरहेको छ : मोदी

एजेन्सी – पेरिसको ग्रान्ड प्यालेसमा एआई एक्शन शिखर सम्मेलनलाई सम्बोधन

भूमि बाहेकका पाँच अध्यादेश पनि पास गर्ने ग्यारेन्टी दिएनन् उपेन्द्रले

काठमडौं– जनता समाजवादी पार्टी नेपालले गत माघ २ गते राष्ट्रपति

अर्थसंक्षेप : अर्थसचिवमा उपाध्यायलाई स्वागत, चीनले हिल्सामा बनायो मितेरी पुल

अर्थसचिवमा उपाध्यायलाई स्वागत, डा.घिमिरेको बिदाइ अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई

एचपीभी खोप अभियान उत्साहका साथ सञ्चालन भयो : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी

अफगानिस्तानमा आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु

काबुल– उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर मंगलबार भएको विस्फोटमा एक