नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन  « Khabarhub

नोभा ब्रान्डको आइसक्रिम अयोग्य, बजारबाट फिर्ता लैजान विभागको निर्देशन 


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रालिबाट उत्पादित ‘नोभा’ ब्रान्डको आइसक्रिम खान अयोग्य रहेको भन्दै बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

बजार अनुगमनका क्रममा संकलन गरेको आइसक्रिमको नमुना प्रयोगशालामा परीक्षण गर्दा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणुहरू भेटिएपछि विभागले यस्तो कदम चालेको हो । 

विभागका निमिक्त महानिर्देशक सोमकान्त रिजालका अनुसार फिसटेल डेरी प्रालिले उत्पादन गर्दैआएको नोभा ब्राण्डको ब्याच नम्बर सीओ २ र उत्पादन मिति २०८२ साउन १९ गते उल्लेख भएको आइसक्रिममा ब्याक्टेरिया र कोलिफर्मको संख्या गणना गर्दा ‘इन्टेरोब्याक्टेरिएसी’ ब्याक्टेरियाको उपस्थिति पाइएको थियो ।

आइसक्रिममा ‘इन्टेरोब्याक्टेरिएसी’को उपस्थिति अत्याधिक भेटिएकाले उक्त आइसक्रिम मानव स्वास्थ्यको लागि निक्कै हानिकारक भएकाले देशभरको बजारबाट उक्त ब्याचको आइसक्रिम फिर्ता लैजान र बिक्री बितरण नगर्न रोक लगाइएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : १८ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा