सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो « Khabarhub

सात खर्ब ५५ अर्ब नाघ्यो बेरुजु, एक वर्षमा ३ प्रतिशतले बढ्यो


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आर्थिक वर्ष ०८१/८२ मा नेपालको कुल बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड २२ लाख रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षक कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३ औँ प्रतिवेदनले बेरूजु अघिल्लो वर्षभन्दा २.९९ प्रतिशतले वृद्धि भएको देखाएको हो ।

प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा नेपालको तीनै तहको सरकार र विभिन्न समिति तथा सरकारी संस्थाहरूको बेरुजु ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ भएको छ ।

जसमध्ये सबैभन्दा धेरै संघीय सरकारी कार्यालयहरूको ५३ अर्ब ४८ करोड ७७ लाख, प्रदेश सरकारी कार्यालयको ५ अर्ब २२ करोड ८७ लाख, स्थानीय तहको १९ अर्ब ४ करोड ७७ लाख र विभिन्न समिति तथा संस्थाहरूको १० अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

महालेखाको प्रतिवेदनले गत वर्षको कुल बेरुजुमध्ये ३२ अर्ब ६४ करोड ७५ लाख असुल गर्नुपर्ने र ५० अर्ब २६ करोड ८८ लाख रुपैयाँ नियमित गर्नुपर्ने देखाएको छ । महालेखाले औँल्याएको बेरुजुमा पेश्की रकम शमावेश नगरेको जनाएको छ ।

यो वर्षमा महालेखाले ५ हजार ५२६ वटा निकाय, संगठित संस्था, समिति र अन्य संस्था समेतको ९४ खर्ब ८४ अर्ब ५० करोड ९८ लाखको लेखापरीक्षण गरेको जनाएको छ ।

महालेखाले लेखापरीक्षण अंकको तुलनामा संघी मन्त्रालयमध्ये वन तथा वातावरण मन्त्रालयको वेरुजु सबैभन्दा धेरै १३.९६ प्रतिशत रहेको देखाएको छ ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ४ : ०१ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि