चीनमा भएको विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक, जानीजानी इन्जिन बन्द गरिएको आशंका « Khabarhub

चीनमा भएको विमान दुर्घटनाको प्रतिवेदन सार्वजनिक, जानीजानी इन्जिन बन्द गरिएको आशंका


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२२ को मार्च महिनामा चीनमा भएको चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । हालै सार्वजनिक अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले तयार पारेको प्रतिवेदन गरिएको हो । उक्त रहस्यमय दुर्घटनामा विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको थियो ।

फ्लाइट डाटा रेकर्डरको अध्ययन अनुसार विमान २९ हजार फिटको उचाइमा उडिरहेको थियो । त्यतिबेला दुवै इन्जिनको इन्धन आपूर्ति गर्ने स्विच अचानक बन्द गरिएको पाइएको छ । स्विच बन्द भएपछि इन्जिनको गति तीव्र रूपमा घटेको प्रतिवेदनमा उल्लेख छ । बोइङ ७३७ विमानमा यस्ता स्विचहरू लक भएर बस्ने हुनाले झुक्किएर बन्द हुने सम्भावना निकै कम हुन्छ ।

हवाइ क्षेत्रका जानकारहरुका अनुसार ककपिटभित्र कुनै किसिमको असमझदारी वा संघर्ष भएको हुनसक्छ । पाइलट, चालक दलका सदस्य वा ककपिटमा जबर्जस्ती छिरेका कोही व्यक्तिले जानीजानी इन्धन बन्द गरेको हुनसक्ने आशंका गरिएको छ । प्रतिवेदनमा दुर्घटनाअघिका अन्तिम क्षणहरूको विस्तृत विवरण छ । तर यसमा ककपिटको आवाज रेकर्ड भने समावेश गरिएको छैन। दुर्घटनाको मुख्य कारणबारे पनि प्रतिवेदन मौन छ ।

अन्तर्राष्ट्रिय नियमअनुसार अमेरिकी विमान जोडिएको हुनाले एनटीएसबीले यस अनुसन्धानमा सहयोग गरेको हो । तर दुर्घटना भएको देशले नै अनुसन्धानको नेतृत्व र सूचना सार्वजनिक गर्ने अधिकार राख्छ । यस दुर्घटनाको मुख्य जिम्मेवारी नागरिक उड्डयन प्रशासन चीन (सीएएसी) को हो । तर चीनले अहिलेसम्म यसको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छैन ।

चीनले सन् २०२४ को मार्चमा एउटा प्रगति प्रतिवेदन सार्वजनिक गरेको थियो । त्यतिबेला उडान भर्नुअघि विमानको इन्जिनमा कुनै खराबी नभएको बताइएको थियो । चालक दलका सदस्यहरूको स्वास्थ्य ठीक रहेको र रेडियो सम्पर्कमा पनि कुनै समस्या नरहेको चीनको दाबी थियो ।

संयुक्त राष्ट्र संघको नियमअनुसार विमान दुर्घटनाको अनुसन्धान गर्ने देशले हरेक वर्ष प्रगति प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । तर चीनले सन् २०२५ र २०२६ को वर्षगाँठमा यस्तो कुनै पनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  २ : ४९ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर