देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए « Khabarhub

देउवाले विश्वास गरेका उमेशलाई नै गगनले कांग्रेस कोषध्यक्षमा दोहोर्‍याए


१ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई कोषाध्यक्षमा दोहोर्‍याएका हुन् । यसअघि तत्कालीन सभापति शेरबहादुर देउवाले पनि उनैलाई कोषाध्यक्ष बनाएका थिए ।

गत पुसमा भएको विशेष महाधिवेशनका क्रममा संसोधित विधानअनुरुप श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

‘पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य उहाँलाई मनोनित गरिएको हो । यसअघि मनोनित गर्ने प्रावधान थिएन,’ उनले बताए ।

कोषाध्यक्ष नियुक्त भएका श्रेष्ठ पूर्वप्रधानमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवानिकट नेता हुन । जसकारण उनी गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिएनन् ।

पार्टी एकताको पहलस्वरुप थापाले उनलाई नियुक्त गरेको थापाको सचिवालय सदस्य युवराज पाण्डेयले बताए ।

‘उहाँ विशेषमा सहभागी हुनुहुन्थिएन । उहाँ लगायत केन्द्रीय सदस्य मनोनीत १९ जना सबै विशेषमा सहभागी नभएका हुनुहुन्छ । १५ औँ महाधिवेशनबाट एकताको सन्देशसहित कांग्रेस बलियो बनाउन सभापतिले सबैलाई समेट्न खोज्नुभएको हो,’ पाण्डेयले भने ।

२०७८ साउन १० गते देउवाको प्रधानमन्त्री कालमा उनी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए ।

प्रकाशित मिति : १ जेठ २०८३, शुक्रबार  ७ : ३० बजे

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

काठमाडौं– किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित