आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित « Khabarhub

आईपीएल क्रिकेट : लखनउसँग चेन्नई ७ विकेटले पराजित


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्ससँग चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित भएको छ ।

गएराति लखनउमा सम्पन्न खेलमा चेन्नईले दिएको १ सय ८८ रनको लक्ष्य लखनउले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गर्‍याे ।

लखनउका लागि मिचेल मार्शले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ९ चौका र ७ छक्काको मद्दतमा सर्वाधिक ९० रनको अर्धशतकीय पारी खेले । यस्तै, जोश इंग्लिसले ३६ तथा निकोलस पूरनले ३२ रन बनाए ।

चेन्नईका मुकेश चौधरी र स्पेन्सर जोन्सनले एक–एक विकेट लिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनाएको थियो ।

चेन्नईका कार्तिकले शर्माले ४२ बलमा ६ चौका ५ छक्कसहित ७१ रनको उत्कृष्ट इनिङ खेले । यस्तै, शिवम दुबेले ३२, तथा डेवाल्ड ब्रेभिसले २५ रनको योगदान दिए । लखनउका आकाश सिंहले सबैभन्दा बढी ३ विकेट लिए ।

यो जितपछि पनि अंक तालिकाको अन्तिममै रहेको लखनउको १२ खेलबाट ८ अंक छ । पराजित भएको चेन्नई समान खेलबाट १२ अंकसहित छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ६ : ५४ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको