प्रिमियर लिगमा आर्सनल पराजित, लेस्टर सिटी दोस्रो स्थानमा « Khabarhub

प्रिमियर लिगमा आर्सनल पराजित, लेस्टर सिटी दोस्रो स्थानमा


२४ कार्तिक २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई हराउँदै लेस्टर सिटी इङ्गलिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको हो।

लेस्टर सिटीले आर्सनललाई २–० ले हरायो। लेस्टर सिटीको जितमा जेमी भार्डी र जेम्स म्याडिसनले एक एक गोल गरे। गएराति भएको खेलमा चेल्सीले क्रिष्टल प्यालेसलाई २–० ले हरायो। खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहम र क्रिश्चियन पुलिसिचले एक एक गोल गरे ।

प्रिमियर लिगकै अन्य खेलहरुमा एभर्टनले साउथह्याम्पटनलाई २–१ ले हराउँदा बर्न्लेले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले तथा न्युकासल युनाइटेडले बर्नमाउथलाई २–१ ले हराएका छन्। गएराती टोटनह्याम हट्सपरलाई शेफिल्ड युनाईटेडले १–१ गोलको बराबरीमा रोकेको छ ।

गएरातिका खेलहरुपछि १२ खेलबाट २६ अंक जोड्दै लेस्टर सिटी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान २६ अंक जोडेको चेल्सी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ।

एक खेल कम खेलेको म्यान्चेस्टर सिटी २५ अंकसहित चौथो स्थानमा झर्दा शीर्ष स्थानको लिरभपुलको ३१ अंक छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : २८ बजे

जुम्लाको स्याउको प्रचार गरेकोमा रविलाई धन्यवाद, आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको अपिल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा जुम्लाको स्याउ

प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल

ललितपुर- राष्ट्रपति रामचन्द्र पौडेलले प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट