अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु « Khabarhub

अस्ट्रेलियामा शार्क आक्रमण बढ्दो, पश्चिमी अस्ट्रेलियामा एक जनाको मृत्यु


२ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको अनुसार पर्थ सहर नजिकको रोटनेस्ट टापु आसपासको समुद्री क्षेत्रमा बिहान करिब १० बजे शार्कले आक्रमण गरेको हो ।

अष्ट्रेलियाली प्रहरीले पीडितको उद्धार सम्भव नभएको जनाएको छ । घटनापछि स्थानीय प्रशासनले उक्त पर्यटकीय समुद्री क्षेत्रमा जाने मानिसलाई पानीमा प्रवेश गर्दा ‘अतिरिक्त सावधानी’ अपनाउन आग्रह गरेको छ ।

सन् १७९१ यता अस्ट्रेलियामा करिब एक हजार ३०० शार्क आक्रमणका घटना रेकर्ड भएका छन् । ती घटनामध्ये २६० भन्दा बढी व्यक्तिको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

यसअघि गत जनवरीमा सिड्नी हार्बर क्षेत्रमा भएको शार्क आक्रमणमा पनि एक जनाको ज्यान गएको थियो । पछिल्लो घटनासँगै दुई दिनको अवधिमा चार वटा शार्क आक्रमणका घटना सार्वजनिक भएका छन् । त्यसपछि समुद्री तटीय क्षेत्रका दर्जनौँ पर्यटकीय स्थलमा उच्च सतर्कता अपनाइएको छ भने केही समुद्री क्षेत्र अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन् ।

हालैका वर्षहरूमा अस्ट्रेलियामा शार्कसँग सम्बन्धित घटनामा मृत्यु हुने क्रम बढ्दै गएको छ । वैज्ञानिकहरूका अनुसार समुद्री तापक्रम वृद्धि, भीडभाडयुक्त तटीय क्षेत्र र समुद्री वातावरणमा आएको परिवर्तनका कारण शार्कको व्यवहार प्रभावित भइरहेको छ, जसले आक्रमणका घटना बढ्न सक्ने संकेत देखिएको छ ।

प्रकाशित मिति : २ जेठ २०८३, शनिबार  ४ : ०६ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा