कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का « Khabarhub

कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ : पूर्वकार्यवाहक सभापति खड्का


२ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कर्णाली– नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा रहेको बताएका छन् ।

नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिले आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा उनले पार्टी छिन्नभिन्न अवस्थामा रहेकाले पार्टीलाई एकताबद्ध र मजबुत बनाउने उद्देश्य आफूहरू क्रियाशील रहेको बताए।

पूर्वकार्यवाहक सभापति खड्काले पार्टी विभाजनको अवस्थामा गएको भन्दै यसलाई रोक्न पार्टी नेता र कार्यकर्ता गम्भीर हुनुपर्नेमा जोड दिए । उनले सभापति गगनकुमार थापालाई सिङ्गो कांग्रेसको सभापति भएर नेतृत्व गर्न आग्रह गरे।

खड्काले घेराबन्दी र गुटबन्दीबाट जोगिएर सही नेतृत्व गर्नु आजको आवश्यकता रहेको धारणा राखे। उनले कांग्रेसमा समस्या आउँदा देशले नै समस्या भोग्नुपरेको स्मरण गर्दै हाल देखिएका समस्या समाधान गरेर पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

कांग्रेस नेता जीवनबहादुर शाहीले पार्टीलाई बलियो बनाउन जिम्मेवार भूमिका खेल्न सबैलाई आग्रह गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०८३, शनिबार  ६ : २७ बजे

उपराष्ट्रपति यादवसँग जर्मनीका राजदूतको भेटवार्ता

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका राजदूत

कर्णालीले गुमायो दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

परराष्ट्रमन्त्री खनाल र साइप्रसका राजदूतबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साइप्रसका गैरआवासीय राजदूत

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले