आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित « Khabarhub

आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्समाथि ५ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। १९४ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको दिल्लीले ४ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हात पारेको हो।

दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९३ रनको बलियो योगफल खडा गरेको थियो। राजस्थानका लागि ओपनर वैभव सूर्यवंशीले ४६, ध्रुव जिरेल ५३ र कप्तान रियान परागले ५१ रन बनाए ।

दिल्लीका तीव्र गतिका बलर मिचेल स्टार्कले घातक बलिङ गर्दै रन गति रोकेका थिए। स्टार्कले ४ ओभरमा ४० रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिएका हुन्।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले १९.२ ओभरमा ५ विकेट गुमाउँदै १९७ रन बनाएर लक्ष्य पूरा गरेको हो । दिल्लीका लागि ओपनरद्वय अभिशेख पोरेल र केएल राहुलले अर्धशतक बनाए ।

खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै टोलीको जितको आधार तय गरेका दिल्ली क्यापिटल्सका मिचेल स्टार्क ‘प्लेयर अफ द म्याच’ बने। यो हारसँगै राजस्थान १२ अंकसहित छैटौं स्थानमा झरेको छ भने समान अंक बनाएको दिल्ली सातौ स्थानमा छ ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ६ : ०८ बजे

खामेनीको अन्त्येष्टिबीच अमेरिका–इरानबीच फेरि सैन्य आक्रमण

काठमाडौं– अमेरिका र इरानबीच सैन्य आक्रमणको श्रृङ्खला जारी रहँदा, इरानका दिवंगत

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६