माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला « Khabarhub

माल्दिभ्सको समूद्रमा डुबेका चारजनाको मृत फेला


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रोम – माल्दिभ्सको समुद्रमा अनुसन्धानका लागि गएको एक ‘डाइभिङ’ टोलीको दुर्घटनावस डुबेर मृत्यु भएको र मृतकमध्ये इटालीका थप चार नागरिकको मृत शरिर फेला परेको तर अहिलेसम्म सतहमा ल्याउन नसकिएको इटालीको विदेश मन्त्रालय र माल्दिभ्सको सेनाले सोमबार जनाएको छ । पानीमा वेपत्ता भएका मध्ये एक जनालाई मृत अवस्थामा बिहीबार नै पानीबाहिर ल्याइएको थियो ।

माल्दिभ्सको राष्ट्रिय सुरक्षा बल (एमएनडिएफ)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बेपत्तामध्ये थप चारजना गोताखोरको मृत शरीर ‘वाभु एटोल’ गुफाभित्र फेला परेको छ ।’ इटालीको विदेश मन्त्रालयले उक्त समाचारको पुष्टि गरेको छ ।

‘मृतकलाई अझै सतहमा ल्याइएको छैन”, एमएनडीएफले भनेको छ, मृतकलाई पानी बाहिर ल्याउने काम छिट्टै गरिनेछ ।’ इटालीका एक सरकारी अधिकारीले एएफपीसँग भने, ‘यो एक कठिन काम हो र शवहरू सतहमा ल्याउन ‘केही समय लाग्न’ सक्छ।’

गत बिहीबार इटालीको संलग्न पाँच जनाको एक समूह अनुसन्धानका लागि गहिरो पानीमुनिको गुफामा गएका तर सतहमा फर्कन असफल भएका थिए । एक जनालाई सोही दिन मृत अवस्थामा पानी बाहिर ल्याइएको थियो ।

उनीहरुको खोजीमा खटिएका एक गोताखोरको उद्धारका लागि खटिएका समय शनिबार मृत्यु भएको थियो । यो दुर्घटना हिन्द महासागरको पर्यटकीय गन्तव्यमा सबैभन्दा घातक ‘डाइभिङ’ दुर्घटना हो।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : २१ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट