शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित « Khabarhub

शैक्षिक रूपान्तरणमा केन्द्रित पुस्तक ‘ज्योतिर्गमय’ विमोचित


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक आज विमोचन गरिएको छ ।

एडु टुडे प्रालिद्वारा प्रकाशित सो पुस्तक शिक्षाविद् प्राडा विद्यानाथ कोइराला, प्राडा बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनलगायतले विमोचन गरेका हुन् ।

कार्यक्रममा वक्ताहरूले पुस्तकले नेपाली जनता र समाजको रुपान्तरणका लागि चिन्तन प्रस्तुत गरेको बताउँदै शिक्षाको रूपान्तरणबाट मात्रै मुलुक समृद्ध बन्नेमा जोड दिएका थिए । पुस्तकमाथि शिक्षाविद् डा कोइरालाले शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीप शिक्षकहरूमा हुने बताए । शिक्षाविद् डा लुइँटेलले विदेशका अनुभव लिने क्रममा सफल अभ्यासलाई मात्रै ग्रहण गर्नुपर्ने बताए।

पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक उपयोगी हुने बताए। यस्तै शिक्षा पत्रकार प्रकाश सिलवाल र सङ्घका वरिष्ठ उपाध्यक्ष हेरम्बराज कँडेलले पनि पुस्तकका अन्तर्वस्तुबारे प्रकाश पारेका थिए ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  ८ : ३२ बजे

नुवाकोटमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत बगायो, आधा दर्जन किसान घाइते, एकको अवस्था गम्भीर 

नुवाकोट– नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा रोपाइँ गरिरहेका बेला पहिरोले खेत

कृषिमन्त्री र निर्देशक याङबीच भेट, दिगो कृषि–खाद्य प्रणाली प्रवर्द्धनमा जोड

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीसँग संयुक्त राष्ट्रसङ्घको खाद्य

मध्यपूर्व तनाव चुलियो : अमेरिकी सैन्य संरचनामाथि थप आक्रमण गर्ने इरानको चेतावनी

एजेन्सी- मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ। यमनका

निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा डा. परियार नियुक्त

काठमाडौं– निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. जितेन्द्र परियार नियुक्त

वैदेशिक रोजगार विभागमा उजुरी व्यवस्थापन प्रणाली सुरु, अब फाइल बोकेर हिँड्नु नपर्ने

काठमाडौं– श्रममन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागको निरीक्षण तथा अनुगमन