इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो « Khabarhub

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो


४ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समय घर्किँदै गएको भन्दै इरानलाई चेतावनी दिएका छन् ।

‘उनी (इरानी)हरू छिटो अघि बढ्नु राम्रो हुन्छ, नत्र उनीहरूको निम्ति केही पनि बाँकी रहने छैन’, उनले आफ्नो ट्रुथ सोसलमा लेखेका छन्, ‘कुनै पनि कुराको समय हुन्छ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले चीन भ्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुसँग पनि टेलिफोन वार्ता गरेको बताइएको छ । उनीहरूबीच के बिषयमा कुरा भयो भन्ने बिषय समाचार तयार पार्दासम्म सार्वजनिक गरिएको छैन ।

इरानका सञ्चारमाध्यमले युद्ध अन्त्यका लागि तेहरानले पठाएको पछिल्लो प्रस्तावबारे कुनै मूर्त धारणा दिन अमेरिकाले विफल भएको जनाएका छन् ।

वाशिङ्टनबाट सम्झौतामा लचिलोपना नदेखाइएमा त्यसले ‘वार्तालाई गतिरोध’तर्फ डो¥याउने अर्धसरकारी समाचार एजेन्सी मेहर न्यूज एजेन्सी मेहरले उल्लेख गरेको छ ।

ट्रम्पको पछिल्लो सन्देशले अप्रिलको सुरुमा युद्ध विराम घोषणा हुनुभन्दा केही समयअघि इरान युद्ध अन्त्यको निम्ति सम्झौता गर्न तयार नभएमा इरानले उसको ‘सम्पूर्ण सभ्यता’ नै गुमाउनुपर्ने भनी दिएको उनको धम्कीलाई प्रतिध्वनित गरेको ठानिएको छ ।

गत हप्ताको सुरुमा तेहरानको माग ‘पूर्ण रूपमा अमान्य’ भन्दै अस्वीकार गरेका राष्ट्रपति ट्रम्पले युद्धविराम ‘व्यापक लाइफ सपोर्ट’ मा पुगेको चेतावनी दिएका छन् । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागेईले आफूहरू ‘जिम्मेवार र उदार’ रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ जेठ २०८३, सोमबार  १० : २७ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट