प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै « Khabarhub

प्रस्तावित प्रधानन्यायाधीश शर्मामाथि आजदेखि संसदीय सुनुवाइ हुँदै


५ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि आजबाट संसदीय सुनुवाइ सुरु हुँदैछ ।

सोही प्रयोजनका लागि आज संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ ।

बैठकमा डा. शर्माविरुद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको रहेको छ ।

सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठका अनुसार, उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ ।

यस्तै, आजै बिहान १० बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने उनको भनाइ छ । त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग सुनुवाइ चल्नेछ ।

प्रधानन्यायाधीशमा सिफारिस भएका डा. शर्माविरुद्ध संसदीय समितिमा सोमबार कार्यालय समयसम्म १६ वटा उजुरी परेका छन् ।

गत वैशाख २६ गतेको संसदीय सुनुवाइ समितिको बैठकले शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०८३, मंगलबार  ८ : ०२ बजे

नागढुङ्गा सुरुङमार्ग पीडितको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– नागढुंगा सुरुङमार्ग उद्घाटनको अवसरमा नागढुंगा सुरुङमार्ग पीडित संघर्ष समितिले

शैक्षिक सत्रदेखि पढाइ सुरु नभए अनशन बस्ने धनगढीका मेयर हमालको चेतावनी

धनगढी – धनगढी उपमहानगरपालिकाका प्रमुख (मेयर) गोपी हमालले शहीद दशरथ

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन (तस्बिरहरू)

काठमाडौँ– नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको उद्घाटन गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनिल

आत्मदाह प्रयासबाट घाइते चौधरीको मृत्यु

कैलाली– आत्मदाहको प्रयासपछि गम्भीर घाइते कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५

गायक अशोक दर्जीमाथि दुर्व्यवहार भएको भिडियो भाइरल

काठमाडौँ – चर्चित गायक तथा बालकलाकार अशोक दर्जीमाथि सडकमा कुटपिट