आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित « Khabarhub

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ ।

जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

राजस्थानको जितमा नायक बनेका सूर्यवंशीले मात्र ३८ बलमा ९३ रनको विष्फोटक इनिङ्स खेले । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २० रनको बलियो योगफल खडा गरेको थियो । तर, राजस्थानका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका सामु लखनउको त्यो योगफल पर्याप्त हुन सकेन ।

यो जितसँगै राजस्थान १४ अंकसहित तालिकाको चौथो स्थानमा मजबुत बनेको छ भने पराजित लखनऊ पुछारमा छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ५ : ५६ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको