सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली « Khabarhub

सभापति रवि लामिछानेको बिकल्प खोजेका छैनौँ : गणेश पराजुली


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीले सभापति रवि लामिछानेको बिकल्प नखोजेको बताएका छन् । 

बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले जनताले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व अरू कसैले सम्हाल्नु पर्छ भनेर आवाज नउठाएको र पार्टीले पनि रवि लामिछानेको विकल्प नखोजेको बताएका हुन् ।

कुनै पनि पार्टीभित्र गुट–उपगुटका चर्चा चल्ने कुरा नौलो नभएको भन्दै उनले रास्वपाभित्र अहिले गुट–उपगुटको अवस्था नरहेको दावी गरे । उनले रास्वपाभित्र धेरै राजनीतिक शक्तिहरू समाहित भएको अवस्थामा महाधिवेशनमार्फत सबैलाई समेटेर अघि बढिने उल्लेख गरे । 

पराजुलीले पार्टीभित्रका नेताहरूमाथि लागेका आरोपको बचाउ वा खण्डन गर्ने पक्षमा आफूहरू नरहेको भन्दै अनुसन्धानका लागि बाटो खुला रहेको धारणा राखे ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ५ : १३ बजे

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र

मनसुनमा लुगा सुकाउने झन्झट अन्त्य गर्दै सिजी मेरिडियाले ल्यायो अत्याधुनिक ‘वाशर ड्रायर’

काठमाडौं–  ओसिलो मौसममा लुगा नसुक्ने, गन्ध आउने र ब्याक्टेरिया फैलिने

युक्रेनका लागि ४० करोड डलरको अमेरिकी सैन्य सहायता रोकियो

वाशिङ्टन- युक्रेनका लागि पठाउन लागिको करिब ४० करोड डलरकोअमेरिकी सहायता

अमेरिकी आक्रमण र इरानी चेतावनीसँगै तनाव उत्कर्षमा

एजेन्सी– अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र