ऐतिहासिक हाडा छेँ पुनर्निमाण « Khabarhub

ऐतिहासिक हाडा छेँ पुनर्निमाण


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– यहाँको भक्तपुर नगरपालिका–४ मङ्गलाछेँस्थित ऐतिहासिक हाडा छेँ पुनर्निमाण सम्पन्न भएको छ । 

लामो समयदेखि जीर्ण रहेको हाडा छेँ भक्तपुर नगरपालिकाको एक करोड ७१ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न गरिएको हो । हाडा छेँको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले उद्‌घाटन गरे ।

अध्यक्ष बिजुक्छेँले सम्पदाहरू केवल इतिहाससँग मात्र जोडिएको नभई देशको पर्यटन र अर्थतन्त्रसँग जोडिएको बताए। भक्तपुर नगरपालिकाले यस्ता मौलिक घरहरूलाई आगामी दिनहरूमा पनि मासिन नदिई सम्पदा संरक्षणको रुपमा प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो । 

बिजुक्छेँले भने, ‘भक्तपुरको मौलिक संस्कृति, सम्पदा र परम्परालाई जोगाउनु हाम्रो दायित्व हो, भक्तपुरका ऐतिहासिक संरचना, कला, संस्कृति र मौलिक वास्तुकलाकै कारण भक्तपुरका सम्पदाप्रति विदेशी पर्यटक तथा अनुसन्धानकर्ताको आकर्षण दिनप्रतिदिन बढ्दै गएको छ ।’
 
सिकर्मी र डकर्मीहरु ‘सांस्कृतिक गुरु’ हुन् भन्नु उचित हुने बताउँदै अध्यक्ष बिजुक्छेँले उनीहरुले समाज र देश विकासमा हाम्रो सभ्यता, मौलिक कला र सांस्कृतिक धरोहरका संरक्षणकर्ता र पुस्तान्तरण गर्ने अभियन्ताको भूमिका निर्वाह गरिरहेको बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले हाडा छेँ केवल भौतिक संरचना मात्र नभई भक्तपुरको सांस्कृतिक गौरव झल्काउने सम्पदा भएको उल्लेख गरे। 

भक्तपुरको मौलिक सभ्यता र जीवनशैलीबारे सकारात्मक सन्देश प्रवाहमा हाडा छेँ पुनर्निर्माणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै हाडा छेँको पूर्वतर्फ रहेको भित्तेचित्रको पनि विशेष अर्थ रहेको उनले बताए। 

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँ, उपप्रमुख रजनी जोशी, हाडा छेँ पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोविन्द दुवाल, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालय भक्तपुरका पुरातत्व अधिकृत रज्जु हाडालगायतको उपस्थिति थियो । 

भक्तपुर नगरपालिकाले २०५८ सालमा मदनकृष्ण हाडासँग हाडा छेँ खरिद गरी नगरको सम्पदाका रुपमा संरक्षण गर्दै आएको हो ।
 

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ५ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच  भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका मङ्गोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी,

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी– कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले

आपसी सद्भाव कायम राख्नुपर्नेमा सांसदको जोड  

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले अहिलेको विषम परिस्थितिमा आपसी सद्भाव

थर्ड विकेन्ड कलेक्सनले देखाउँछ- ‘स्पाइडर म्यान’को चर्चाबीच ‘गौँथली’को रफ्तार कायमै

काठमाडौं – हलिउड फिल्म ‘स्पाइडर म्यान : ब्रान्ड न्यू डे’को