बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

बढ्दो महँगी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण


१८ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदले दैनिक उपभोग्य वस्तुको बढ्दो महँगी, एलपी ग्यासको अभाव, दलित समुदायमाथिको विभेद, सीमा विवाद र जनस्वास्थ्यसँग सम्बन्धित विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सांसद कृष्णबहादुर रोकायले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ता मारमा परेको बताए । सांसद विष्णुकुमारी सापकोटाले महँगी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरिन्  ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको, खाद्यवस्तुको मूल्यवृद्धि बढ्दै गएको तथा विषादीयुक्त खाद्य पदार्थका कारण जनस्वास्थ्यमा गम्भीर असर पुग्न गएको बताए । 

सांसद पदमबहादुर परियारले दलित समुदायमाथि हुने विभेद अन्त्य नभएको उल्लेख गरे । सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद समाधानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गरिन् ।  

सांसद रेणु चन्दले सुदूरपश्चिमकी पूजा धानुकको मृत्यु प्रकरणमा निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सरकारसँग माग गरिन् । सांसद विष्णुदेवी पुडासैनीले १० वर्षदेखि निष्क्रिय रहेका बैंक खाताको रकम सार्वजनिक हितमा उपयोग गर्नुपर्ने धारणा राखिन् । 
 

प्रकाशित मिति : १८ श्रावण २०८३, सोमबार  ३ : १६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार