‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून « Khabarhub

‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम नेपालमा न्यून


६ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा हान्टाभाइरस सङ्क्रमणको जोखिम न्यून रहेको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा नपाइने भएकाले नेपालमा हान्टाभाइरसको जोखिम अत्यन्त न्यून रहेको बताए ।

उनका अनुसार नेपालमा हान्टाभाइरस सङ्क्रमणको अझै पुष्टि भएको छैन । यो एक प्रकारको दूर्लभ भाइरस हो । यो भाइरस मुख्यतः सङ्क्रमित मुसाको पिसाब, दिसा र ¥यालबाट मानिसमा सर्ने गर्दछ । तर वैज्ञानिक अध्ययन अनुसार मानिसबाट मानिसमा सङ्क्रमण सीमित अवस्थामा मात्र सम्भव हुने र सामान्यतया अत्यन्त नजिकको सम्पर्कमा मात्र सर्ने सम्भावना रहेको हुन्छ ।

मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । साथै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

त्यसैगरी, मन्त्रालयले हान्टाभाइरस सङ्क्रमणको सावधानी अपनाउन समेत अनुरोध गरेको छ । मन्त्रालयले घर तथा वरपरको वातावरण सफा गर्न, मुसा प्रवेश गर्ने सम्भावित स्थान बन्द गर्न, मुसाको फोहोर सफा गर्दा मास्क तथा पञ्जा प्रयोग गर्न, हात साबुनपानीले नियमित धुने बानी गर्न, ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ जेठ २०८३, बुधबार  ८ : ४० बजे

ट्रम्प भन्छन् : अमेरिकासँग प्रशस्त हतियार छ, म मान्छे मार्न चाहन्नँ

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग ठूलो मात्रामा हतियार मौज्दात

दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न

दाङ– दाङमा आजसम्म कुल ९४ प्रतिशत जमिनमा रोपाइँ सकिएको छ

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्टमा

काठमाडौं– नागरिक लगानी कोषको रिक्त रहेको कार्यकारी निर्देशक पदका लागि

घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न

कांग्रेसको विवादमा ट्विस्ट : आधिकारिकतासम्बन्धी मुद्दा सुरूदेखि नै सुनुवाइ गर्न सर्वोच्चको आदेश

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा नयाँ ट्विस्ट भएको छ। सर्वोच्च