केपी खनाल भन्छन्- हुम्ला र बाजुराको सीमा विवाद तत्काल समाधान गरौँ « Khabarhub

केपी खनाल भन्छन्- हुम्ला र बाजुराको सीमा विवाद तत्काल समाधान गरौँ


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपाका सांसद केपी खनालले हुम्ला र बाजुरा जिल्लाको सीमा विवादलाई तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा सांसद खनालले हुम्ला र बाजुरा जिल्लाको रानीसैन सीमा क्षेत्रको विवाद तत्काल समाधान गर्दै नागरिकको जीवन सुरक्षा र स्वतन्त्र रूपमा बाँच्न पाउने अधिकार सुनिश्चित गर्न माग गएका हुन् ।

उनले बाजुराको हिमाली गाउँपालिका साइपालको पूर्वी बेस क्याम्प हुनुका साथै जडीबुटी र वन्यजन्तुको अपार भण्डार भएकाले तस्करहरूले वर्षौँदेखि जडीबुटी र वन्यजन्तुको कर छलेर अवैध चोरी तस्करी गर्दै आएको खबर प्राप्त भएको उल्लेख गरे । 

त्यस क्षेत्रमा प्रहरी चौकी राख्दा तस्करहरूलाई समस्या हुने भएकाले उनीहरूले चौकी राख्न पहल गर्ने वडा सदस्यसहितलाई कुटपिट गरेको हुनसक्ने उनले बताए । 

उनले स्थानीय तहको प्रवर्द्धन र पर्यटकीय प्रवर्द्धन काममा लाग्दा जनप्रतिनिधिहरूमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : ०९ बजे

मधेसका १० पालिकामा एकीकृत नमूना कृषि कार्यक्रम सञ्चालन गरिने

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मधेस प्रदेशका १०

मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

काठमाडौं– पूर्वी नेपालमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित

राज्यले नागरिकको विश्वास कसरी जित्ने ?

नेपालको राजनीतिक इतिहासमा जनआन्दोलन वा व्यापक नागरिक आन्दोलनपछि गठन भएका

किभ नजिक रुसी क्षेप्यास्त्र आक्रमण, १० जनाको मृत्यु

किभ– युक्रेनको राजधानी किभ नजिक शुक्रबार भएको रुसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा

अनशनरत डा. गोविन्द केसीलाई अस्पताल भर्ना गरियो

धनगढी– धनगढीमा २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्य