मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’ « Khabarhub

मितेरी साइनोको कथामा आधारित ‘मितज्यू’


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मितेरी साइनो र संस्कृतिलाई झल्काउने मनोरञ्जनात्मक चलचित्र ‘मित्रज्यू’ यही माघ ८ गतेदेखि दर्शकमाझ आउने भएको छ । 

अभिनेता सौगात मल्ल र दयाहाङ राई अभिनीत सो चलचित्रले विशेषगरी नेपालको ग्रामीण परिवेश, रहनसहन र संस्कृतिलाई कलात्मक ढङ्गबाट समेट्न प्रयास गरेको निर्माता पक्षको भनाइ छ ।

सो चलचित्र प्रदर्शन हुनुअघि आज यहाँ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अभिनेता राईले नेपालको सामाजिक परिवेश र संस्कृतिलाई झल्काउँदै मनोरञ्जन दिन चलचित्र ‘मितज्यु’ सफल हुने विश्वास व्यक्त गरे ।

उनले भने, ‘यो चलचित्र हाम्रो मित लगाउने संस्कृतिलाई लिएर सामाजिक कथामा तयार गरिएको हो । यसले मनोरञ्जनसँगै हाम्रो संस्कृतिलाई बुझ्ने मौका दिन्छ । नेपालमा विभिन्न संस्कृति छन्, नयाँ पुस्तामा ती संस्कृति विस्तारै कम भएको पाइन्छ, चलचित्रका माध्यमबाट हाम्रा सामाजिक मूल्यमान्यता र संस्कृतिलाई पुस्तान्तरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।’

यसैगरी अभिनेता मल्लले ग्रामीण परिवेशमा मितको सम्बन्ध विशेष रहेको चर्चा गर्दै चलचित्र ‘मितज्यू’ मा भने दुई मितबीचको झगडा र त्यसको परिणामलाई रोचक ढङ्गले प्रस्तुत गरिएको जानकारी दिए ।

‘यो चलचित्र फरक छ, हाम्रो मितेरी साइनोको पृष्ठभूमिमा एउटा राम्रो कथा भनिएको छ । हामीले गर्ने कामले मनोरन्जनसँगै थोरै सामाजिक दायित्व निर्वाह गरोस् भन्ने छ, यो चलचित्रमा ती दुवै पक्ष समेटिएका छन्’, अभिनेता मल्लले भने ।     

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक