काठमाडौं- नेकपा एमालेले एघारौं महाधिवेशन भएको ६ महिनापछि पार्टी पदाधिकारीहरूको वरीयता निर्धारण प्रस्ताव गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले सोमबार गुण्डुमा बसेको सचिवालय बैठकमा प्रस्तुत गरेको प्रस्तावअनुसार उपाध्यक्षतर्फ पहिलो अर्थात् शक्तिशाली नेताका रूपमा रामबहादुर थापा ‘बादल’लाई अघि सारिएको छ ।
अध्यक्ष ओलीले पदाधिकारीहरूको वरियताक्रम निर्धारणसम्बन्धी प्रस्ताव अघि सारेका हुन् । त्यस्तै पछिल्लो समय आफूलाई बिदा गर्ने अभियानमा रहेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई तेस्रो वरीयता दिइएको छ । अध्यक्ष ओलीले पार्टीको एघारौँ राष्टिय महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको वरीयताक्रम निर्धारण नगरिएकोले यो प्रस्ताव गरिएको बताएका छन् ।
अब शुक्रबार बस्ने सचिवालय बैठकबाट पदाधिकारीहरूको वरीयताक्रम निर्धारण अनुमोदन हुनेछ । एमालेले महाधिवेशनपछि हालसम्म औपचारिक रूपमा पदाधिकारी तथा सदस्यहरूको वरीयताक्रम निर्धारण नगरेको भन्दै सचिवालय बैठकबाट त्यसलाई टुंगो लगाउन लागिएको हो ।
पदाधिकारीहरूको वरीयताक्रम :
अध्यक्ष : केपी शर्मा ओली
उपाध्यक्ष : रामबहादुर थापा ‘बादल’
उपाध्यक्ष : विष्णुप्रसाद पौडेल
उपाध्यक्ष : पृथ्वीसुब्बा गुरुङ
उपाध्यक्ष : गोकर्ण विष्ट
उपाध्यक्ष : रघुजी पन्त
महासचिव : शंकर पोखरेल
उपमहासचिव : लेखराज भट्ट
उपमहासचिव : रघुवीर महासेठ
उपमहासचिव : योगेश भट्टराई
सचिवहरू : छविलाल विश्वकर्मा पद्मा अर्याल, खगराज अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, शेरधन राई, राजन भट्टराई, हिक्मत कार्की, महेश बस्नेत ।














प्रतिक्रिया