एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन « Khabarhub

एक सय ९३ फार्म तथा व्यवसायको अनुगमन


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले एक सातामा १९३ फार्म तथा व्यवसायको अनुगमन गरेको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हितका लागि गरिएको बजार अनुगमनका क्रममा मापदण्डविपरीतका ६५ किलो प्लाष्टिकजन्य झोला जफत गरिएको हो । 

पालिकाले गत वर्षको साउनदेखि टीकापुरमा प्लाष्टिकजन्य झोला प्रयोगमा निशेध गरेको छ । लुकीछिपी मापदण्डविपरीतका प्लाष्टिकका झोला प्रयोग गरिरहेकामाथि निगरानी गरी प्रयोग रोक्ने उद्देश्यले जफत गरिएको नगर कार्यालयले जनाएको छ । अनुगमनका क्रममा म्याद नाघेका रु १८ हजार ९३९ बराबरका दैनिक उपभोग्य सामान जफत गरेको छ ।

अनुगमनका क्रममा ११७ किराना तथा अन्य व्यवसाय, ५२ वटा प्लास्टिक व्यापारी, २४ वटा मेडिकल तथा फार्मेसीमा अनुगमन गरिएको अनुगमन टोलीका सदस्य सचिव एवं आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले बताए।

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले अनुगमन गरी केही व्यवसायीलाई मापदण्ड पूरा गर्न निर्देशन दिइएको, केही व्यवसायीलाई अन्तिम पटक चेतावनी दिइएको बताए। 

‘व्यवसाय दर्ता नभएकालाई नवीकरण गर्न समय दिइएको, नवीकरण नभएकालाई तत्काल प्रक्रियामा लगेका छौँ’, उनले भने, ‘प्लाष्टिकका झोला लाखौँ रकमका भेटिएका छन् । थोक बिक्रेताका गोदाममा रहेका प्लाष्टिकका झोला शिल गरेर अबदेखि बिक्री नगर्न निर्देशन दिइएको छ ।’

पालिकाले उपभोक्ता सचेतनाका कार्य निरन्तर गरिरहेको बताउँदै धितालले हरेक उपभोक्ता म्याद नाघेको मितिमात्र हेर्न सक्ने भएमा उपभोक्ता अधिकार सुरक्षित हुने बताए । 

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकिन्द्र तिमिल्सिनाले टीकापुरमा अटोरिक्साको भाडादर कायम गर्न, बजारमा ठूलो स्वरमा बजाइने डिजे र लाउड स्पिकरबाट हुने ध्वनि प्रदूषण व्यवस्थापन गर्न, सहरी सडक प्रयोगमा गाह्रो भएकाले ट्राफिक सचेतनामा समन्वय गर्न, प्लाष्टिकको प्रयोग रोक्न नियमित रूपमा अनुगमन गर्न अनुरोध गरे। 

टीकापुर अस्पतालका फार्मेसी इञ्चार्ज जनक शाहले मेडिकल व्यवसायी वा फार्मेसी सञ्चालकलाई फोहर व्यवस्थापनमा समस्या रहेकाले, अस्पतालमा रहेको फोहर व्यवस्थापन केन्द्रसँग समन्वय गरी सहजीकरण गर्न अनुरोध गरे।

टीकापुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले अनुगमनपछि औषधि पसलका सञ्चालक पसल दर्ताका लागि आउन थालेका, २२ मेडिकललाई दर्ताका लागि म्याद दिइएको, आमाको दूध प्रतिस्थापन ऐनको जानकारीपछि व्यवस्थित भएको बताए। 

‘हामीले अनुगमनका स्तनपानलाई प्राथमिकता दिनुपर्छ भनी आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरणमा नियमित गरेपछि दूधदानी, पाउडर दूधलगायतका सामग्री मनपरि नबेच्न भनेका छौँ’, उनले भने, ‘अहिले व्यापारी सचेत भएका छन् । डाक्टरको सिफारिस भए मात्र बेच्न थाल्नुभएको छ ।’

वडा नं १ का वडाध्यक्ष मोहन विकले बजार वडामा करिब तीन हजार व्यवसाय दर्ता रहेकामा, अनुगमनपछि दैनिक पाँच जनासम्म व्यवसाय दर्ता बढेको बताए। 

‘प्लाष्टिकमुक्त अभियानमा टोल विकास संस्थालाई तालिम दिएका छौँ’, उनले भने, ‘बजारमा मालबहाक टिपरको गति बढेकाले यसलाई कम गर्नुपर्नेछ । बालबालिका विद्यालय जाने र घर फर्कने समयमा मालबहाक सवारीसाधन सञ्चालनमा रोक लगाउनुपर्छ । यसले दुर्घटना निम्त्याएको छ ।’ 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ११ : १४ बजे

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने

अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका

कालाञ्जरमा खगोल अध्ययन केन्द्र सञ्चालनको तयारी

पर्वत– समुद्री सतहबाट तीन हजार ३०० मिटरको उचाइमा रहेको पर्वतको

पोल्यान्डमा अमेरिकी सेना

हेलसिङ्गबर्ग- उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति

नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र