कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने « Khabarhub

कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू चरणबद्ध रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ। अरब क्षेत्रसहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन पुनः सुरु हुने नागरिक उड्डयन महानिदेशालयले जनाएको छ।

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, मर्मत–सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान सञ्चालन पुनः सुरु गर्ने निर्णय गरिएको हो।

उहाँका अनुसार सुरक्षित र सहज हवाई यातायात प्रवाह सुनिश्चित गर्न आवश्यक प्राविधिक मूल्याङ्कन तथा परिचालन तयारी जारी छ। एयरपोर्ट पुनः सञ्चालन प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने र प्रत्येक चरणको विस्तृत मूल्याङ्कन गरिने पनि उहाँले बताउनुभयो।

महानिर्देशक अल सबाहले टर्मिनल–१ मा हाल भइरहेको स्तरोन्नति कार्य यात्रु प्रवाह बढाउने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्ने उद्देश्यले गरिएको जानकारी दिए । विमानस्थलको सेवा क्षमता सुधार गर्ने लक्ष्यसहित संरचनागत तथा प्राविधिक विकासका कामहरू तीव्र रूपमा अघि बढाइएको उनको भनाइ छ।

यससँगै कुवेतले अन्तर्राष्ट्रिय उडानहरू पुनः सुचारु गर्दै हवाई यातायातलाई सामान्य अवस्थामा फर्काउने तयारी गरेको छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : २८ बजे

आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी

नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

काठमाडौँ– नेपालमा तुलनात्मक रुपमा नदी तटीय क्षेत्रमा बाघको सङ्ख्या धेरै

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा