कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने « Khabarhub

कुवेतले जुन १ देखि पुनः अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुवेतले आगामी जुन १ देखि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू चरणबद्ध रूपमा पुनः सुरु गर्ने घोषणा गरेको छ। अरब क्षेत्रसहित विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन पुनः सुरु हुने नागरिक उड्डयन महानिदेशालयले जनाएको छ।

नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थलको प्रणाली तथा पूर्वाधारमा सुधार, मर्मत–सम्भार र विकास कार्य सम्पन्न भएपछि उडान सञ्चालन पुनः सुरु गर्ने निर्णय गरिएको हो।

उहाँका अनुसार सुरक्षित र सहज हवाई यातायात प्रवाह सुनिश्चित गर्न आवश्यक प्राविधिक मूल्याङ्कन तथा परिचालन तयारी जारी छ। एयरपोर्ट पुनः सञ्चालन प्रक्रिया चरणबद्ध रूपमा अघि बढाइने र प्रत्येक चरणको विस्तृत मूल्याङ्कन गरिने पनि उहाँले बताउनुभयो।

महानिर्देशक अल सबाहले टर्मिनल–१ मा हाल भइरहेको स्तरोन्नति कार्य यात्रु प्रवाह बढाउने र अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड पूरा गर्ने उद्देश्यले गरिएको जानकारी दिए । विमानस्थलको सेवा क्षमता सुधार गर्ने लक्ष्यसहित संरचनागत तथा प्राविधिक विकासका कामहरू तीव्र रूपमा अघि बढाइएको उनको भनाइ छ।

यससँगै कुवेतले अन्तर्राष्ट्रिय उडानहरू पुनः सुचारु गर्दै हवाई यातायातलाई सामान्य अवस्थामा फर्काउने तयारी गरेको छ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १२ : २८ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली