मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि « Khabarhub

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा जारी तनावबचि यो बर्ष हज यात्रामा आउने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्या गत बर्षको तुलनामा बढी देखिएको छ। साउदी अधिकारीका अनुसार आगामी हजका लागि साउदी अरब बाहिरबाट १५ लाखभन्दा बढी तीर्थयात्रीहरू यहाँ आइपुगेका छन्।

फेब्रुअरीको अन्त्यमा इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणबाट सुरु भएको द्वन्द्वपछि तेहरानले साउदी अरब र खाडी क्षेत्रका लक्ष्यहरूमा आक्रमणको आदेश दिएको थियो । आक्रमणका कारण व्यापक हवाई यातायात अवरोधलाई निम्त्याएको थियो र यात्रा लागत बढेको थियो। संयुक्त अरब इमिरेट्स (युएई), कतार र बहराइनका प्रमुख खाडी विमानस्थलहरूले हप्तौँको हवाई क्षेत्र बन्द र उडान रद्द भएपछि उनीहरूको परिचालन क्षमतालाई द्रुत रूपमा पुनस्र्थापना गर्न काम गरेका छन्।

जटिलताका बाबजुद यस वर्षको हजमा सहभागी हुन साउदी अरबमा तीर्थयात्रीहरूको ओइरो लाग्ने क्रम जारी छ। साउदी अरबको हज पासपोर्ट बलका कमान्डर सालेह अल–मुरब्बाले शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा भने, “विदेशबाट आउने तीर्थयात्रीको सङ्ख्या एक लाख १८ हजार १५३ पुगेको छ ।”

सोमबार हज सुरु हुने औपचारिक अनुष्ठानअघि विदेशबाट तीर्थयात्रीहरू आउने क्रम जारी रहेकाले आगामी दुई दिनमा यो तथ्यांक अझ बढ्ने अपेक्षा गरिएको छ। गत वर्ष हजमा आउने तीर्थयात्रीहरूको कुल सङ्ख्या १६ लाख ७३ हजार ३२० पुगेको थियो, जसमा साउदी अरब बाहिरबाट १५ लाख छ हजार ५७६ यात्रु रहेका थिए।

सबै मुस्लिमहरूले इस्लामका पाँच खम्बाहरू मध्ये एक हजको यात्रा कम्तीमा एक पटक साधनाका साथ गर्नुपर्ने धार्मिक विश्वासका कारण बर्षेनी हज यात्रा गर्ने इस्लाम धर्मावलम्बीहरूको सङ्ख्यामा वृद्धि हुने गरेको पाइन्छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ६ : ०४ बजे

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले के-के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको छ

कङ्गोमा इबोला प्रकोप तीव्र, ५८० जनाको मृत्यु

किन्शासा- कङ्गो लोकतान्त्रिक गणतन्त्र (डीआरसी) मा इबोला प्रकोप अझै तीव्र बन्दै