अय्यरको शतकमा पञ्जाबको सानदार जित « Khabarhub

अय्यरको शतकमा पञ्जाबको सानदार जित


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनऊ सुपर जायन्ट्समाथि ७ विकेटको सहज जित दर्ता गरेको छ ।

लखनउको घरेलु मैदानमा शनिबार राति सम्पन्न खेलमा जितका लागि प्राप्त १ सय ९७ रनको लक्ष्य पञ्जाबले १८ ओभरमै मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । पञ्जाबको जितमा नायक बनेका अय्यरले ५१ बलमा १ सय १ रनको विस्फोटक शतकीय इनिङ्स खेले । उनी ‘प्लेयर अफ द म्याच’ समेत चुनिए । ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउ सुपर जायन्ट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको सम्मानजनक योगफल तयार पारेको थियो । तर, लखनउका ब्याटरले बनाएको उक्त बलियो योगफल पनि पञ्जाबको आक्रामक ब्याटिङसामु पर्याप्त हुन सकेन ।

पञ्जाबले १२ बल बाँकी छँदै लक्ष्य भेटाएपछि लखनउ आफ्नै घरेलु मैदानमा पराजित हुन पुगेको हो । यो जितसँगै पञ्जाबले लिग तालिकामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ ।

प्लेअफ यात्राका लागि पञ्जाबले अब राजस्थान र मुम्बई इन्डियन्सको खेलको नतिजा कुर्नु पर्नेछ । राजस्थान विजयी भए पञ्जाबको आईपीएल यात्रा सकिने छ भने पराजित भएमा चौथो स्थानमा रहँदै प्लेअफ खेल्ने अवसर पाउने छ ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ६ : २३ बजे

वर्षामा बीपी राजमार्ग : अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

काभ्रेपलाञ्चोक – पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त भएर पुनर्निर्माण भइरहेको बीपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली

मोरक्कोसँगको खेलमा एम्बाप्पे घाइते : कस्तो छ चोट ?

काठमाडौं – फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा मोरक्कोविरुद्धको जितका क्रममा

विश्वकपमा एम्बाप्पेको कीर्तिमान : २० खेलमै २० गोल

काठमाडौँ – फ्रान्सेली फरवार्ड किलियान एम्बाप्पेले फिफा विश्वकपमा ऐतिहासिक कीर्तिमान

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असार २६ गते शुक्रबार सन् २०२६