सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान  « Khabarhub

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई  दान गरेका छन् ।

पछिल्लो समय विद्यार्थी अभावमा विद्यालय नै बन्द हुने अवस्थामा पुगेको देखेपछि मिर्गेका तामाङ तथा थापा समुदायले झन्डै ४ किलोमिटर टाढा मजुवामास्थित कालिढुङ्गा माविको शाखा विद्यालय भवन मिर्गेमा स्थापना गरिएको हो ।

मिर्गेदेखि मजुवा पुग्न कम्तीमा डेढ घण्टा हिँड्नु बाध्यताको अन्त्य गर्दै तल्लो कक्षाका साना विद्यार्थीको सहजताको लागि देविथान नजिकै स्थानीयबाट दान प्राप्त जग्गामा ट्र्सका अस्थायी विद्यालय भवन निर्माण गरेर पठनपाठन सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिक तामाङले बताए ।

अहिले विद्यालय रहेको मजुवामा विद्यार्थीको संख्या न्यून रहेको तथा मिर्गे, चिलाउने खड्गा, जैनालु र पाईलेमा विद्यार्थीको उपस्थिति बाक्लो रहेकाले यहाँका विद्यार्थीको सहजता र विद्यालय टिकाउन स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई दानप्राप्त भएपछि आइतबारदेखि तल्लो तह बाल विकास देखि कक्षा-७ सम्म पठनपाठन गर्न शाखा विद्यालयको उद्घाटन गरिएको उनले बताए ।

विद्यालयको उद्घाटन वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामा र वडा अध्यक्ष कमल अधिकारीले एक कार्यक्रममा बिच गरेका थिए ।

विद्यालयको उद्घाटन गर्दै अध्यक्ष लामाले विद्यालयको भौतिक व्यवस्थापन गाउँपालिकाले गर्ने बताए । विद्यालय मिलन र मर्जको अवस्थामा पुगेको विद्यालयलाई टिकाउन स्थानीय चासो दिएर लागि परेको भन्दै उनले जग्गादाताहरूलाई धन्यवाद दिए । 

विद्यालयलाई आवश्यक पर्ने सम्पूर्ण भौतिक तथा शिक्षक दरबन्दी गाउँपालिकाले व्यवस्थापन गर्ने उल्लेख गरे ।

विद्यालयलाई जग्गा दान गर्ने स्थानीयहरूमा बम बहादुर तामाङ, गंगी तामाङ, माला तामाङ, खेशर तामाङ, दुर्गा बहादुर थापा, भिम्शेन थापा, टलक तामाङ, रवि तामाङ, यम बहादुर तामाङ, निकेश तामाङ, रोलिना तामाङ, मनिक तामाङ, भिम बहादुर तामाङ, ढाल बहादुर तामाङ लगायत १५ जना रहेका छन् । 

वाल कक्षा देखि १२ जम्मा अध्ययन हुने उक्त विद्यालयमा पुरानो विद्यालय मजुवामा ७३ जना र शाखा विद्यालयमा ७६ जना गरी एक सय ४९ जना विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक पुष्कर कुमार दाहालले जानकारी दिए । सुवाश बस्नेत/ दोलखा

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ४ : ४३ बजे

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका