एमालेमा ओलीको संकट बढ्दै गर्दा उनैले भित्र्याएका अरगरियाले छाडे पार्टी « Khabarhub

एमालेमा ओलीको संकट बढ्दै गर्दा उनैले भित्र्याएका अरगरियाले छाडे पार्टी


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का केन्द्रीय सदस्य उमाशंकर अरगरियाले पार्टी परित्यागको घोषणा गरेका छन ।

पार्टीमा गुटबन्दी बढ्दै गएको गुनासो गरेका उनले आफ्ना कुराको पनि सुनावाइ नभएको भन्दै आइतबारदेखि एमाले परित्याग गरेका हुन ।

पूर्वमन्त्री समेत रहेका अरगरिया २०७९ असोज ८ गते एमाले नेता महेश बस्नेतको जोडबलमा लोकतान्त्रिक समाजवादी पार्टी छाडेर आएका थिए ।

अरगरियाले धनुषा क्षेत्र नम्बर २ बाट २०७९ र र २०८२ मा दुई पटक प्रतिनिधिसभामा एमालेबाट लडे। तर दुवै पटक उनी पराजित हुन पुगे।

मधेशवादी दल लोसपाबाट एमालेमा आएपछि फलिफाप हुन नसकेर विरक्तिएका उनले पार्टी छाडेका हुन्।

‘उपरोक सम्बन्धमा नेकपा (एमाले) मा प्रवेश गरेको निकै वर्ष हुन लाग्दा पनि आजसम्म हामीसँग आएका साथीहरूको समायोजन हुन सकेको छैन । आजसम्म मसँग आएका साथीहरू कमिटीविहीन छन् । सगंठन शुद्धिकरण हुनु पर्नेमा पार्टीभित्र पटक पटक अधिकारिक उम्मेदवारलाई हराउनेलाई दण्डित गर्नुको सट्टा उल्टै पुरस्कृत गर्ने परम्परा देखेको छु’, उनले भनेका छन्, ‘पटक पटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील र इमान्दार कार्यकर्ता अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु ।’

उनले यी सबै कुराहरू पटक पटक केन्द्रमा जानकारी गराउँदा पनि कुनै पहल नहुँदा एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन् ।

लोसपाका सांसद अरगरिया तत्कालीन अवस्थामा २०७९ असोज ८ गते एमालेमा प्रवेश गरेका थिए । २०७४ मा धनुषा-२ बाट चुनाव जितेका अरगरियालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रवेश गराएका थिए ।

०७४ को चुनाव अरगरियाले तत्कालीन समाजवादी पार्टी, नेपालबाट जितेका थिए । तर राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता गरी बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजन हुँदा भने उनले लोसपा रोजेका थिए । लोसपाले अरगरियालाई सचेतक बनाएको थियो।

तर २०७९ मा एमाले प्रवेश गरेयता दुई चुनाव हारेका उनी पछिल्लो समय एमाले नेतृत्वसँग निराश थिए ।

अरगरिया वि.सं. २०७८ असार १० मा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बनेका थिए । उनी नेपालको इतिहासमा सबैभन्दा छोटो कार्यकाल १८ दिनको लागि मन्त्री बनेका थिए । तर त्यसबेला केपी ओ‌ली नेतृत्वको सरकारलाई नै सर्वोच्च अदालतले अवैधानिक ठहर गरिदिएको थियो ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ७ : ४० बजे

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज

सचिवालय बैठकपछि बस्नेतले भने : ओलीले राजीनामा दिन्छन् भनेर भ्रामक प्रचार गरियो

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

एमाले सचिवालय बैठक : बादलको नेतृत्वमा निर्वाचन समीक्षा कार्यदल गठन

काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन

एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने

काठमाडौं – करिब १० घन्टा लामो नेकपा एमाले सचिवालय बैठक

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौं – नेपाली कांग्रेसले नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइरालालाई