राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित « Khabarhub

राजस्थान रोयल्स प्लेअफमा, मुम्बई इन्डियन्स ३० रनले पराजित


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ३० रनले पराजित गर्दै प्लेअफमा स्थान सुरक्षित गरेको छ ।

वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियो। जवाफमा मुम्बई २० ओभरमा ९ विकेट गुमाएर १ सय ७५ रनमा सीमित भयो ।

यस जितसँगै आईपीएल २०२६ का शीर्ष चार टोली पनि तय भएका छन् । रोयल च्यालेन्जर्स बेङ्गलुरु, गुजरात टाइटन्स, सनराइजर्स हैदराबाद र राजस्थानले प्लेअफमा स्थान बनाएका हुन् । अब मे २६ मा हुने क्वालिफायर–१ मा बेङ्गलुरु र गुजरात भिड्नेछन् भने मे २७ मा हुने इलिमिनेटरमा हैदराबाद र राजस्थान आमनेसामने हुनेछन् ।

आइतबार दिउँसो भएको २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईको सुरुआत निकै खराब रह्यो। रोहित शर्मा शून्यमै आउट भए भने पावरप्लेभित्रै टोलीले ४ विकेट गुमायो। त्यसपछि सूर्यकुमार यादवले ६० रन र हार्दिक पाण्ड्याले ३४ रन बनाएर टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि लगातार विकेट गुम्दा मुम्बई लक्ष्यसम्म पुग्न सकेन ।

राजस्थानका लागि जोफ्रा आर्चरले सर्वाधिक ३ विकेट लिए। नान्द्रे बर्गर, ब्रिजेश शर्मा र यश पुंजाले समान २–२ विकेट लिए। ब्याटिङतर्फ ध्रुव जुरेलले ३८ रन बनाए भने आर्चरले १५ बलमा ३२ रनको आक्रामक इनिङ्स खेले। दासुन शनाकाले २९ रन जोडे। अन्तिम समयमा रविन्द्र जडेजा र बर्गरले तीव्र गतिमा रन थप्दै राजस्थानलाई २ सय रन पार गराएका थिए।

मुम्बईका लागि दीपक चाहर र शार्दुल ठाकुरले समान २ विकेट लिए। विल ज्याक्स, अल्लाह गजनफर र कर्बिन बोशले १–१ विकेट हात पारे।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ८ : ३४ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज