एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने « Khabarhub

एमालेले नयाँ भवन बल्खुमै बनाउने, मीनबहादुरको जग्गा फिर्ता गर्ने


१० जेठ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिब १० घन्टा लामो नेकपा एमाले सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा मध्यान्ह १२ बजेदेखि बसेको बैठक राति अबेरसम्म चलेको हो ।

बैठकमा नेताहरूको कार्यविभाजन, विभिन्न कार्यदल गठन तथा संगठनात्मक विषयमा विस्तृत छलफल गरिएको उपमहासचिव लेखराज भट्ट ले जानकारी दिएका छन् ।

उनका अनुसार, पार्टीको नयाँ भवन मदरनगर बल्खुमा बनाउने निर्णय पनि बैठकमा गरिएको छ । यसअघि भवन बनाउनका लागि व्यवसायी मिनबहादुर गुरुङले दिएको जग्गादान फिर्ता गर्ने निर्णय भएको छ ।

यस्तै बैठकमा सहभागी नेताहरूले पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका थिए। अधिकांश नेताहरूको सुझावपछि नेतृत्व र कार्यशैलीबारे पनि गम्भीर बहस भएको स्रोतहरूले जनाएका छन्।

बैठकमा उठेका विषयहरूबारे अध्यक्ष ओलीले अन्त्यमा जवाफ दिएका थिए। संगठनलाई थप सुदृढ बनाउने, जिम्मेवारी बाँडफाँड गर्ने र आगामी रणनीति तय गर्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।

प्रकाशित मिति : १० जेठ २०८३, आइतबार  ९ : २१ बजे

औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार

काठमाडौं– क्यान्सर तथा अन्य केही गम्भीर रोगको उपचारमा प्रयोग हुने

हर्मुज खुला राख्न आसियानको जोड

एजेन्सी– अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग

प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान

काठमाडौं– प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका

कांग्रेसमा सबैलाई मिलाएर लैजानुपर्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका