शेखर कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने ५ प्रस्ताव « Khabarhub

शेखर कोइरालाका पार्टी एकता कायम राख्न गर्नुपर्ने ५ प्रस्ताव


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम राख्न पाँच बुँदे प्रस्ताव अघि सारेका छन् । 

प्रस्तावमा १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्नेदेखि विभिन्न समितिहरू आपसी सहमतिबाट गठन गर्नुपर्ने उल्लेख गरिएको छ । 

साथै १४औँ महाधिवेशनपछिका सदस्यताकै आधारमा नयाँ महाधिवेशन गर्न र दुई केन्द्रीय कार्यसमितिलाई समायोजन गर्नुपर्ने माग पनि गरिएको छ ।

यि हुन् उनका मागहरू :

१) १५औँ महाधिवेशनको लागि क्रियाशील सदस्यता अद्यावधिकलाई अनिवार्य नगर्ने ।
कांग्रेसले किन दियो केही वडामा सभापतिबाहेकलाई सदस्यता अद्यावधिकको जिम्मेवारी ?
कांग्रेसले किन दियो केही वडामा सभापतिबाहेकलाई सदस्यता अद्यावधिकको जिम्मेवारी ?
२) १४औँ महाधिवेशन पछाडि नवीकरण गरिएका र वितरण गरिएका क्रियाशील सदस्यता कै आधारमा १५औँ महाधिवेशन गर्ने ।
३) १४औँ महाधिवेशनको केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमितिलाई समायोजन गरेर एउटै बनाउने ।
४) कार्य सम्पादन समिति सभापतिको बहुमत हुनेगरी गठन गर्ने ।
५) निर्वाचन समिति, क्रियाशील सदस्यता छानबिन समिति, अनुशासन समिति, विधान समिति र अन्य समितिहरु आपसी सहमतिबाट मात्रै बनाउने ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ५ : ०१ बजे

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर