अण्डाको मूल्य फेरि बढ्यो « Khabarhub

अण्डाको मूल्य फेरि बढ्यो


११ जेठ २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

चितवन – नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ समर्थन मूल्य सार्वजनिक गरेको छ । संघको बैठकले नयाँ मूल्य निर्धारण गर्ने निर्णय गरेको हो ।

संघले चितवनलाई आधार क्षेत्र मानेर नयाँ मूल्य तय गरेको जनाएको छ । निर्धारण गरिएको मूल्य जेठ १२ गतेदेखि लागू हुने संघका सचिव मदन पोखरेलले जानकारी दिएका छन् ।

नयाँ मूल्यसूची अनुसार एक्सएल अण्डाको प्रतिक्रेट मूल्य ५ सय ४५ रुपैयाँ कायम गरिएको छ । यस्तै ठूलो अण्डाको मूल्य ५ सय ३० रुपैयाँ तोकिएको छ भने मध्यम अण्डाको मूल्य ५ सय रुपैयाँ निर्धारण गरिएको छ । सानो अण्डाको प्रतिक्रेट मूल्य ४ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ ।

यसैगरी उपभोक्ताका लागि प्रतिगोटा अण्डाको खुद्रा मूल्य २५ रुपैयाँ तोकिएको छ । पछिल्लो समय उत्पादन लागत, दानाको मूल्य तथा बजार अवस्थालाई ध्यानमा राख्दै नयाँ मूल्य समायोजन गरिएको व्यवसायीहरूले बताएका छन् ।

संघले देशभरका सम्पूर्ण व्यवसायी तथा सरोकारवालाहरूलाई तोकिएकै मूल्यमा कारोबार गर्न अनुरोध गरेको छ । बजारमा अस्वाभाविक मूल्यवृद्धि नगर्न तथा उपभोक्तालाई सहज रूपमा अण्डा उपलब्ध गराउन पनि संघले आग्रह गरेको छ ।

पछिल्ला केही महिनायता अण्डाको मूल्यमा उतारचढाव देखिँदै आएको अवस्थामा संघले नयाँ समर्थन मूल्य तोकेपछि बजारमा केही स्थिरता आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ जेठ २०८३, सोमबार  ९ : ०७ बजे

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको