हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी « Khabarhub

हमासका सैन्य नेता मुहम्मद ओदेहको मृत्यु भएको इजरायलको दावी


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इजरायली रक्षा बलले गाजामा हमासको सैन्य बलको नयाँ नेता तथा अक्टोबर –७ को नरसंहारको मुख्य योजनाकार मुहम्मद ओदेहको इजरायली आक्रमणमा मृत्यु भएको दावी गरेको छ । 

 इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र रक्षामन्त्री इजरायल काट्जको निर्देशनमा  भएको अपरेसनमा ओदेहको  मृत्यु भएको इजरायली प्रधानमन्त्री कार्यालय (पीएमओ) ले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ । 

ओदेहले अक्टोबर –७ को नरसंहारको समयमा हमासको गुप्तचर स्टाफको प्रमुखको रूपमा सेवा गरेको र दुई हप्ता अघि मात्र सैन्य प्रमुखको रुपमा नियुक्त गरिएको जनाइएको छ।

ओदेह धेरै इजरायली नागरिक र आईडीएफ सैनिकहरूको हत्या, अपहरण र घाइतेको घटनाको लागि पनि जिम्मेवार रहेको जनाइएको छ । बेन्जामिन नेतान्याहूले सामाजिक सञ्जाल एक्समा सन् २०२३ अक्टोबर –७ को नरसंहारमा संलग्न सबैलाई हटाउने प्रतिवद्धता पुष्टि गरेका छन् ।

यसैबीच, इजरायलले कारबाही बढाए पछि दक्षिणी लेबनानमा आफ्नो आक्रमण जारी राखेको अल जजिराले जनाएको छ । दुई वटा हवाई आक्रमण बुर्ज राहलमा भएको थियो, भने टायर जिल्लाको कवथरियात अल–रुजमा शक्तिशाली आक्रमण भएको रिपोर्ट गरिएको थियो । इजरायली सेनाले श्रीफा सहरमा दुईवटा र टायर जिल्लाको बुर्ज राहलमा एउटा हवाई आक्रमण गरेको जनाएको छ । अस–सवाना सहर मर्जायुन जिल्लाको कब्रिखामा छापा मारेको अल जजिराले जनाएको छ ।

मंगलबार दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा ३१ जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएको अन्तराष्ट्रिय सन्चारमाध्यमले जनाएका छन् जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार सेनालाई हेजबुल्लाह विरुद्ध अझै कडा अप्रेसन सञ्चालन गर्न निर्देशन दिएका थिए ।

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  १२ : २० बजे

आर्थिक रूपान्तरणमा राष्ट्र बैंकको सक्रिय भूमिका आवश्यक छ : अर्थमन्त्री वाग्ले

काठमाडौं– अर्थमन्त्री स्वर्णीम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल नियामक संस्थाका

‘गौँथली’ हिट भएको फाइदा, अरुणले पाए ‘म मदनकृष्ण’

काठमाडौं – नायक अरुण क्षेत्रीको अभिनय रहेको ‘गौँथली’ सुपरहिट भएपछि

समस्याग्रस्त शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर र पशुपति सहकारीका

ग्यास वितरणका समस्या समाधान गर्न द्रुत प्रतिकार्य टोली गठन

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास वितरणका  समस्या

प्रदेश सरकारको गणितीय खेलमा राप्रपा सामेल हुँदैन : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले प्रदेश सरकारको सत्ता राजनीतिको गणितीय चलखेलमा