अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग « Khabarhub

अझै पनि ऊर्जाको स्रोतमा दाउराको प्रयोग


१३ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्ला वर्षहरूमा विद्युत् विस्तार उल्लेख्य रूपमा वृद्धि भए पनि ऊर्जाको स्रोतमा अझै पनि दाउराको प्रयोग अत्यधिक भइरहेको पाइएको छ । 

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार, गत वर्षको तुलनामा चालु आवको आठ महिनाको अवधिमा झिनो मात्रामा मात्रै दाउराको प्रयोग घटेको छ ।

आव २०८१/८२ को फागुन मसान्तसम्ममा ऊर्जाको स्रोतका रुपमा ५१ दशमलव नौ प्रतिशत दाउरा प्रयोग भएको थियो । चालु आवको सोही अवधिसम्म ४८ दशमलव नौ प्रतिशत प्रयोग भएको छ । 

यस्तै, कृषि अवशेष चार दशमलव सात प्रतिशत, गुइँठा एक दशमलव तीन प्रतिशत, पेट्रोलियम पदार्थ २१ दशमलव आठ प्रतिशत, विद्युत् १२ दशमलव एक प्रतिशत र नवीकरणीय ऊर्जा दुई दशमलव एक प्रतिशत बराबर रहेको छ ।

गत फागुन मसान्तसम्म परम्परागत, व्यापारिक र नवीकरणीय स्रोतबाट गरी आठ हजार २४ टन बराबरको (टन अफ आयल इक्भ्यिालेन्ट) ऊर्जा खपत भएको छ । 

यस्तै, नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत्को पहुँच पुगेको जनसङ्ख्या आठ दशमलव छ प्रतिशत बराबर पुगेको छ । गत आवको फागुन मसान्तसम्म त्यस्तो ऊर्जाको पहुँच पुगेका जनसङ्ख्या मात्रै आठ दशमलव पाँच प्रतिशत बराबर थियो ।

आव २०८१/८२ मा घरायसी बायोग्यासतर्फ चार हजार ३८६ प्लान्ट जडान भएकामा चालु आवको फागुन मसान्तसम्म चार हजार ६२७ प्लान्ट जडान भएको छ । 

आव २०८१/८२ मा सौर्य ऊर्जा प्रविधिभित्र ६२ दशमलव सात मेगावाट विद्युत् उत्पादन भई विद्युतीकरण भएकामा चालु आवको फागुन मसान्तसम्म ११८ किलोवाट बराबर विद्युत् उत्पादन भएको छ । 
 

प्रकाशित मिति : १३ जेठ २०८३, बुधबार  ५ : २२ बजे

राजावादीमा निरन्तर फुट : तीन पूर्वअध्यक्षसहितले बहिष्कार गरे राप्रपा केन्द्रीय समिति बैठक

काठमाडौं- धवल शमशेर जबरा नयाँ पार्टी खोल्न गएयता राष्ट्रिय प्रजातन्त्र

ब्राजिललाई स्तब्ध बनाउन सक्ला हाइटीले ?

काठमाडौं– शनिबार हुन लागेका खेलहरूले उत्तर अमेरिकामा जारी विश्वकप अन्तर्त

चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा थप योगदान पुर्‍याउन सक्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगले नेपालको आर्थिक विकासमा

निःशुल्क उपचारको विवरण सार्वजनिक गर्न सबै अस्पताललाई सरकारको निर्देशन

काठमाडौं– सरकारले देशभरका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूलाई विपन्न, असहाय

केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड सम्पन्न, उत्कृष्ट शैक्षिक संस्था र व्यक्तित्वलाई सम्मान

काठमाडौं- केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स