४ पोस्टरमा हेर्नुस् ‘च च हुई’ « Khabarhub

४ पोस्टरमा हेर्नुस् ‘च च हुई’


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यही मङ्सिर ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘च च हुई’ को क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । यसअघि गीत र ट्रेलरमार्फत दर्शकमाझ पुगेको निर्माण टिमले चलचित्रको प्रचारमा थप सहयोग पुगोस् भनेर क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका चार शीर्ष कलाकार आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर र माओत्से गुरुङलाई छुट्टाछुट्टै रुपमा देखाइएको छ ।

लभस्टोरी चलचित्रमा धेरै दोहोरिने आर्यनलाई यो चलचित्रमा फरक भूमिकामा देख्न सकिनेछ ।

दुई बेकामे युवाको जीवनमा एक पुस्तकले ल्याउने उतारचढावलाई चलचित्रमा देखाइएको छ । चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् भने सम्पादन पनि भुटियाकै छ । यस्तै चलचित्रमा पुष्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ल लगायतका कलाकारले समेत अभिनय गरेका छन् ।

रोमान्टिक कमेडी जनरामा निर्माण भएको यो चलचित्रमा अमृत घोले लामाको लगानी, सुसन प्रजापतिको छायांकन तथा सिजन दाहाल र सन्देश अर्यालको पटकथा छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १२ : ४७ बजे

उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट

नेपालगन्ज– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले आर्थिक वर्ष २०८२–८३ मा

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई

कमैया मुक्तिको २६ वर्ष

कैलाली-  कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको