खिवाङ–घराम्दी सडक अलपत्र « Khabarhub

खिवाङ–घराम्दी सडक अलपत्र


१३ जेष्ठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र बनेको छ। 

गत आर्थिक वर्षमा सडक निर्माण गर्ने जिम्मेवारी लिएको ठेकेदार कम्पनीले अधुरो बनाएको उक्त योजनाका लागि चालु आर्थिक वर्षमा विनियोजन भएको रु एक करोड बजेट पनि कार्यान्वयन हुन नसक्दा अलपत्र बनेको अन्नपूर्ण गाउँपालिका–७ का वडाध्यक्ष मइलन गर्बुजा पुनले बताए । 

‘गत वर्षको असारमा रोकिएको अन्नपूर्ण गाउँपालिकाको प्राथमिकताप्राप्त यस आयोजनाका ठेकेदार चालु आव सकिनै लाग्दासमेत काममा फर्किएका छैनन्’, उनले भने, ‘अघिल्लो वर्षको ठेक्का पूरा नहुँदासम्म नयाँ ठेक्का लगाउन नपाउने नीतिगत व्यवस्थाका कारण चालु आवको बजेट कार्यान्वयन नहुँदा निराश भएका छौँ ।’

करिब दुई किलोमिटर दूरीको सडकको मार्ग खुलाउन एसएण्डएस कन्ट्रक्सनले ५५ लाख ४० हजार ८८१ मा ठेक्का सम्झौता गरेको थियो । पचपन्न दशमलव ५१ प्रतिशत भौतिक प्रगति भएको उक्त योजनामा गत साउन महिनायता काम भएको छैन । 

लागत अनुमान भन्दा ४५ प्रतिशत घटेर ठेक्का हातापार्न सफल सो कम्पनीले घाटा पर्ने भएपछि जिम्मेवारीबाट पन्छिन खोजेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । 

अन्नपूर्ण गाउँपालिकाको ५, ६, ७ र ८ नम्बर वडालाई जोड्ने छोटो दूरीको र राष्ट्रिय राजमार्गको वैकल्पिक भएकाले खिवाङ-घराम्दी सडकलाई अन्नपूर्ण गाउँपालिकाले प्राथमिकता दिएको हो । 

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले पटकपटक ताकेता र समन्वय गर्दा पनि सम्पर्कमा नआउने निर्माण व्यवसायीको धरौटी जफत, कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको बताए। 

निर्माण व्यवसायीले भने भौगोलिक विकटता, इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण योजनाको काम प्रभावित बनेको प्रतिक्रिया दिएका छन् । 

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने खिवाङदेखि वडा नम्बर ७ को घराम्दी, टिकोट हुँदै वडा नम्बर ८ राम्चे जोडिने उक्त सडक राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, म्याग्दी र पर्वत तथा कास्की जिल्ला जोड्ने वैकल्पिक भएकाले रणनीतिक मानिएको छ । 
 

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार  ७ : १५ बजे

धर्म प्रचार गरेको आरोपमा पाँच अमेरिकीसहित १० विदेशी पक्राउ

विराटनगर- मोरङको कानेपोखरी गाउँपालिका–७, बरगाछीमा आवश्यक अनुमति नलिई स्वास्थ्य शिविर

पटक–पटक टुटेको अमेरिकी प्रतिबद्धतालाई माफ गर्न सकिँदैन : इरान

तेहरान– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले  अमेरिकी राष्ट्रपति डोनाल्ड

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई