गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश « Khabarhub

गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न विभागको आदेश


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन तोरी तेल बजारबाट फिर्ता गर्न आदेश दिएको छ ।

बजार अनुगमनका क्रममा संकलन गरिएको तोरी तेलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यूनस्तरको पाइएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न विभागले निर्देशन दिएको हो ।

विभागद्वारा जारी सूचनाअनुसार आर्थिक वर्ष २०८१ र ८२ मा संकलित नमुनामध्ये आयातित कच्चा तेलबाट उत्पादित तोरी तेल परीक्षणका क्रममा नेपाल खाद्य स्वच्छता तथा गुणस्तर मापदण्डअनुसार नभएको पाइएको उल्लेख छ ।

सूचनामा उत्पादन मिति २०८२ पुस २६ र उपभोग्य मिति ६ महिना रहेको २० लिटर क्षमताको उक्त तेलको उत्पादक कम्पनी सिद्धार्थ आयल प्रोडक्ट्स, रूपन्देही रहेको जनाइएको छ ।

विभागले सम्बन्धित उत्पादकलाई बजारमा बिक्री वितरण नगर्न-नगराउन तथा बिक्री भइसकेको उत्पादन तत्काल फिर्ता गर्न आदेश दिएको जनाएको छ । साथै, उपभोक्तालाई पनि यस्ता उत्पादन प्रयोग गर्दा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Screenshot

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  १२ : ४९ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ