वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके « Khabarhub

वैभवको रवाफ : क्रिस गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे, अर्कोमा तीन रनले चुके


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले बुधबार आईपीएल एलिमिनेटरमा हैदराबादविरुद्ध २९ बलमा ९७ रन बनाए।

उनी आईपीएल इतिहासको सबैभन्दा छिटो शतक बनाउने क्रिस गेल (३० बल) को रेकर्डबाट मात्रै ३ रनले चुके।

खेलपछि वैभवलाई सबैभन्दा छिटो शतकको रेकर्डबारे थाहा थियो कि थिएन भनेर सोधिएको थियो ।

उनले भने, ‘मलाई आउट भएपछि मात्रै यो रेकर्डबारे थाहा भयो। त्यतिबेला मेरो पूरै ध्यान टिमका लागि जति धेरै रन बनाउन सकिन्छ त्यसमा थियो। शतक त पछि पनि बन्नेछन्, तर अहिले हाम्रो पूरै फोकस टिमलाई ट्रफी जिताउनेमा छ।’

वैभवले थप भने, ‘जब हामी जित्छौं भने हामी त्यही पोजिटिभ अप्रोचलाई अघि बढाउँछौं, अर्को म्याचमा ध्यान दिन्छौं। हाम्रो प्रयास अर्को म्याच पनि जितेर फाइनल पुग्ने छ।’

वैभव सूर्यवंशी आठौँ ओभरमा प्रफुल्ल हिंगेको बलमा थर्ड म्यानमा क्याच आउट भए।

यसबारे उनले भने, ‘म शतकबारे सोचिरहेको थिइनँ। मैदानमा फिल्डरहरूको पोजिसन हेरेर त्यो सट खेलेको थिएँ, तर टाइमिङ गलत भयो। यदि मैले बललाई सिधै थर्ड म्यानतिर जान दिएको भए, त्यो सजिलै बाउन्ड्री पार हुन्थ्यो।’

वैभवका ४ कुरा

उनलाई खेलपछि यो ठूलो नकआउट म्याच हो भन्ने कुरा दिमागमा थियो कि थिएन ? भनेर सोधिएको थियो । उनले भने, ‘हो, यो कुरा मेरो दिमागमा कतै न कतै थियो।’

म्याचअघि सबै कोचले मलाई भनेका थिए, ‘नेटमा जे गर्‍यौ, ठ्याक्कै त्यही मैदानमा गर। गेम एन्जोय गर, अतिरिक्त प्रेसर नलेऊ।’

टिमले अझ ठूलो स्कोर बनाउन सक्ने वैभवले सुनाए। ‘म आउट भएपछि पनि लागेको थियो, यो पिचमा २६० भन्दा माथिको स्कोर बनाउन सकिन्थ्यो।’

आफ्नो निडर ब्याटिङको तयारीबारे उनले भने,‘म म्याचअघि बलर, विकेट र बाउन्ड्री साइजको होमवर्क गर्छु। म क्रिजमा पोजिटिभ रहन प्रयास गर्छु। जब तपाईं यस्तो गर्नुहुन्छ, बलर आफैं दबाबमा पर्छन्। म त्यही दबदबा कायम राख्न प्रयास गर्छु।’

गेलको १४ वर्ष पुरानो रेकर्ड तोडे

वैभव शतकबाट चुके पनि उनले एक सिजनमा सबैभन्दा धेरै छक्का प्रहार गर्ने क्रिस गेलको १४ वर्ष पुरानो रिकर्ड तोडेका छन्। यो सिजनमा वैभवको नाममा ६५ छक्का पुगेको छ।

विपक्षी टिमको योजनाबारे वैभवले भने, ‘विपक्षी टिमले के प्लान बनाउँछ, त्यो उनीहरूको काम हो। म आफ्नो प्लानमा फोकस गर्छु र नर्मल क्रिकेट खेल्छु।’

वैभवको विस्फोटक ब्याटिङका कारण सनराइजर्स हैदराबाद आईपीएल २०२६ बाट बाहिरिएको छ। राजस्थान रोयल्सले एलिमिनेटरमा हैदराबादलाई ४७ रनले हराएको हो।

क्वालीफायर-२ मा २९ मे मा राजस्थानको सामना गुजरात टाइटन्ससँग न्यूचण्डीगढमा हुनेछ। यो म्याच जित्ने टिम ३१ मेमा अहमदाबादमा रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग फाइनल खेल्नेछ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  २ : ०६ बजे

ह्वाइट हाउसमा ट्रम्प र इराकी प्रधानमन्त्री अल-जैदीबीच भेट, ‘आर्थिक साझेदारी’ मा जोड

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इराकी प्रधानमन्त्री अली

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

आज २०८३ साल असार ३१ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३१ गते बुधबार सन् २०२६

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका