२ किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ | Khabarhub Khabarhub

२ किलो कोकिनसहित विमानस्थलबाट ब्राजिलियन नागरिक पक्राउ


२५ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ब्राजिलियन नागरिक २ केजी १ सय ग्राम कोकिनसहित पक्राउ परेका छन् ।

राहदानी नम्बर एक्स वाई ७५९३७ वाहक ६१ वर्षीय सर्जियो ट्रलाई अवैध लागूऔषध कोकिन जस्तो देखिने वस्तु २ केजी १ सय ग्राम सहित आइतबार दिउँसो प्रहरीले उनलाई विमानस्थलबाट पक्राउ गरेको हो ।

कतार एयरको उडानद्वारा नेपाल आएका उनलाई विमानस्थलस्थित भन्सार चेकिङको क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ ब्राजिलियन नागरिकलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १ : ३७ बजे

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

काठमाडौं– सोलुखुम्बुको सल्लेरीमा ‘सोलुखुम्बु स्केट पार्क’ सञ्चालनमा आएको छ ।

युवाहरुलाई साथ लिएर अघि बढ्नेछाैँ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरुलाई साथमा

शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौं : हमास

एजेन्सी – हमासले गाजामा जारी द्वन्द्व अन्त्य गर्नको लागि युद्धविराम

विकास-निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

जनकपुरधाम– नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु

पाँच कम्युनिस्ट पार्टीहरूको बैठक पेरिसडाँडामा

 काठमाडौं– प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले कम्युनिस्ट विचारधारा बोकेका विभिन्न