रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने « Khabarhub

रोड टु यूएफसी : सेमिफाइनलमा रविन्द्र न्यूजिल्याण्डका कासिबसँग भिड्ने


१४ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका युवा एमएमए स्टार रविन्द्र ढाँट अब ‘रोड टु यूएफसी’ को सेमिफाइनलमा न्यूजिल्याण्डका कासिब मुर्डोकसँग भिड्ने भएका छन् । बिहीबार चीनको मकाउमा सम्पन्न ब्यान्टमवेट क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमै नकआउट गर्दै रविन्द्रले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

मिक्स्ड मार्सल आर्ट्स (एमएमए)को विश्व चर्चित प्रतियोगितामा रविन्द्रको प्रदर्शन निकै आक्रामक देखिएको थियो । पहिलो र दोस्रो दुवै राउन्डमा उनले फिलिपिनो प्रतिस्पर्धीमाथि दबाब कायम राखेका थिए । दोस्रो राउन्डमा लगातार शक्तिशाली प्रहार गरेपछि रेफ्रीले खेल रोक्दै रविन्द्रलाई विजेता घोषणा गरेका थिए ।

अब उनको सामना हुने कासिब मुर्डोक प्रतियोगिताका बलिया दाबेदारमध्ये एक मानिन्छन् । कासिबले क्वाटरफाइनलमा जापानका युनोसुके मिनामीलाई सबमिसनमार्फत पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेका हुन् । अपराजित रहेका कासिब आक्रामक फाइटिङ शैलीका कारण चर्चित छन् ।

‘बझाङको बाघ’ भनेर चिनिने रविन्द्र रोड टु यूएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् । उनलाई समर्थन गर्न मकाउमा हजारौं नेपाली समर्थक पुगेका थिए । रविन्द्र विजयी भएपछि समर्थकहरूले ठूलो उत्सव मनाएका थिए ।

ब्यान्टमवेट तौल समूहमा प्रतिस्पर्धा गरिरहेका रविन्द्रले यो प्रतियोगिता जिते यूएफसीको मुख्य स्टेजमा स्थान बनाउनेछन् । पछिल्लो समय उनी नेपाली एमएमएका सबैभन्दा चर्चित फाइटरको रूपमा उदाएका छन् ।

प्रकाशित मिति : १४ जेठ २०८३, बिहीबार  ९ : ५७ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ