कर्णालीका मुख्यमन्त्रीले भने- गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ « Khabarhub

कर्णालीका मुख्यमन्त्रीले भने- गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनपर्ने आवश्यकता औँल्याएका छन् ।

 गणतन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले नेपाली जनता सार्वभौम बनेको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय घटनाका रुपमा यस दिनलाई लिनुपर्ने बताए ।

मुख्यमन्त्री कँडेलले सन्देशमा भनेका छन्, ‘संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रूप लिन सक्दैन । जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ ।’
 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  १ : २७ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको