‘संविधान र सङ्घीयताप्रति भइरहेको आक्रमणको प्रयासलाई सबै मिलेर निस्तेज गर्नुपर्छ’ « Khabarhub

‘संविधान र सङ्घीयताप्रति भइरहेको आक्रमणको प्रयासलाई सबै मिलेर निस्तेज गर्नुपर्छ’


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशका मुख्यमंत्री हिक्मत कुमार कार्कीले संविधान र सङ्घीयता प्रति विभिन्न कोणबाट भइरहेको आक्रमणको प्रयासलाई सबैले मिलेर निस्तेज गर्नुपर्ने बेला आएको बताएका छन् ।

 १९ औं गणतन्त्र दिवसको अवसरमा विराटनगर स्थित वीरेन्द्र सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री हिक्मत कुमार कार्कीले गणतन्त्रको उपलब्धि जनता सम्म पुर्‍याउन भइरहेको विलम्बका कारण असन्तुष्टि व्यक्त भइरहेको प्रति सजग हुन आग्रह गरे । 

उनले लोकप्रियतावादका नाममा भइरहेका क्रियाकलापले संघिय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त गरेका उपलब्धिहरू गुम्ने मात्र नभई, मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता र अखण्डता नै संकटमा पर्ने तर्फसचेत हुन आग्रह गरे ।

सो कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि बाट निकालिएको झाँकी सहितको र्‍यालीले नगरको विभिन्न भागको परिक्रमा गरेको थियो । 

गणतन्त्र दिवस समारोह समितिले आयोजना गरेको सो कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, सभामुख, मन्त्रीहरू, उच्चपदस्थ कर्मचारीहरू, सुरक्षा निकायका प्रमुखहरू र नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  २ : १९ बजे

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा– पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा विमान

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति

 २४ घण्टामा विपद्का घटना : एक जनाको मृत्यु, २० घाइते

काठमाडौं– मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको

काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी

काठमाडौं– नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको