गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते « Khabarhub

गोठाटारमा आगलागी : १४ वटा पसल जले, एक जना घाइते


१७ श्रावण २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौको गोकर्णेश्वर नगरपालिका वडा–५, गोठाटार पहेँलो पुल नजिकै गएराति भीषण आगलागी हुँदा १४ वटा सटरमा क्षति पुगेको छ ।

स्थानीय रवीन्द्र भट्टराईले सञ्चालन गर्दै आएको काठको गोदाम र सटरहरूमा विद्युत् सर्ट भई शनिबार राति ९ः१५ बजे आगलागी भएको हो । 

आगलागीको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियवासी सुरक्षा टोली परिचालन भएका थिए ।

अगलागी नियन्त्रणका लागि करिव १ सय ७५ प्रहरी परिचालन गरिएको थियो । सुरक्षा निकाय, ९ वटा दमकल, ३ वटा पानी ट्यांकर र स्थानीयवासीको संयुक्त प्रयासमा राति ११ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जनाएको छ । 

आगो निभाउने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–९, गोठाटार बस्ने ३७ वर्षीय नरेश थापा घाइते भएका छन् । टहराको जस्ताबाट खसेर घाइते भएका थापाको नगर अस्पताल मूल पानीमा सामान्य उपचारपछि थप उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर, सुन्धारा पठाइएको छ ।

आगलागीबाट १४ वटा विभिन्न व्यवसाय सञ्चालित सटरहरूमा क्षति पुगेको छ । 

आगलागीका कारण व्यवसायीहरूको ठूलो भौतिक सम्पत्ति जलेर नष्ट भएको भए पनि कुल क्षतिको विस्तृत विवरण भने आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १७ श्रावण २०८३, आइतबार  १२ : २३ बजे

रसुवा बाढीका कारण विद्युत क्षमतामा १० प्रतिशत प्रभावित

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण देशको कुल

रसुवा बाढीमा ४०३ पर्यटक बेपत्ता, अधिकांश विदेशी

काठमाडौं – रसुवामा बुधबार आएको विनाशकारी बाढीले पर्यटकमाझ ठूलो त्रास

रसुवा बाढीमा फेसका ११४ जनाको हवाई उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा आज बिहान भीषण बाढी आएलगत्तै

रसुवा बाढी : जलविद्युत आयोजनाका १३३ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जलविद्युत आयोजना

विपद्बाट भएको क्षतिको विवरण सङ्कलन गर्न ‘र्‍यापिड एक्सन टिम’ गठन गर्न निर्देशन

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बाढीबाट भएको