कांग्रेसको भ्रातृ संगठन थारु संघको महाधिवेशन शनिबार « Khabarhub

कांग्रेसको भ्रातृ संगठन थारु संघको महाधिवेशन शनिबार


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल थारु संघले पहिलो पटक महाधिवेशनमार्फत नेतृत्व चुन्ने भएको छ । संघको पहिलो महाधिवेशन शनिबार हुँदैछ ।

यो संस्थाले २०७९ साउनमा पार्टीको केन्द्रीय कार्यसमितिबाट भ्रातृ संगठनको रुपमा मान्यता पाएको थियो । यस सँगै तत्कालीन सभापति शेरबहादुर देउवाले विभिन्न जिल्लाका ९८ जना नेता तथा कार्यकर्तालाई थारु संघको सदस्यमा मनोनयन गरेका थिए ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति गगनकुमार थापाले थारु संघको प्रथम महाधिवेशन उद्घाटन गर्नेछन् ।

महाधिवेशन पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ः१५ बजेबाट सुरु हुनेछ । उक्त संघमा हाल शिवनारायण महतो गुरौले अध्यक्षता गरिरहेका छन् ।

सभापति थापाले २१ वैशाखमा पार्टीका १३ मध्ये ५ वटा भातृसंस्थाले समयमै महाधिवेशन गर्न नसकेको भन्दै कार्यसमिति विघटन गरेका थिए ।

विघटन हुनेमा नेविसंघ, तरुण दल, महिला संघ, दलित र लोकतान्त्रिक खेलकुद संघ छन् । तीमध्ये महिला संघ र तरुण दलमा सभापति थापाले क्रमशः मीनाकुमारी खरेल र मनिस कोइरालाई तदर्थ अध्यक्ष नियुक्ति गरिसकेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ३ : ३० बजे

बजेटमा सुदूरपश्चिम : पर्यटकीय विकासदेखि एमबीबीएस पढाइसम्म

महेन्द्रनगर – सरकारले आगामी आर्थिक वर्षदेखि सुदूरपश्चिममा विशिष्ट पर्यटकीय विकास

वैभवको विस्फोटक ब्याटिङमा राजस्थानले गुजरातलाई दियो २१५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ क्वालिफायर–२ अन्तर्गत आज भएको

बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक समृद्धिको केन्द्र बनाइने

बागमती – सरकारले बजेटमा बागमती प्रदेशका १३ वटै जिल्लालाई आर्थिक

आयुर्वेद र वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग जोडिने

काठमाडौं – सरकारले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रलाई स्वास्थ्य पर्यटनसँग

राजस्व बढाउन हरित कर, कुनमा कति ?

काठमाडाैं । सरकारले आगामी आर्थिक विधेयक, २०८३ मार्फत हरित करसम्बन्धी