नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै « Khabarhub

नेपाल थारु संघको पहिलो महाधिवेशन आजबाट सुरु हुँदै


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको कांग्रेसका सभापति गगनकुमार थापाले दिउँसो सवा १२ बजे केन्द्रीय कार्यालय सानेपामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ ।

महाधिवेशनमार्फत संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने तथा थारु समुदायका राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक मुद्दालाई संस्थागत रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।

थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ।

महाधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका शीर्ष नेताहरू, थारु समुदायका अगुवा व्यक्तित्वहरू, विभिन्न जिल्लाबाट आउने प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ।

संघका नेताहरूका अनुसार थारु समुदायको हक, अधिकार, पहिचान, भाषा, संस्कृति तथा प्रतिनिधित्वका सवाललाई सशक्त रूपमा उठाउँदै लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षणमा संगठनलाई अझ सक्रिय बनाउने उद्देश्यसहित महाधिवेशन आयोजना गर्न लागिएको हो।

महाधिवेशनले थारु समुदायलाई संगठित गर्दै नेपाली कांग्रेसभित्र थारु समुदायको भूमिका र सहभागिता थप सशक्त बनाउने विश्वास गरिएको छ।

उद्घाटन समारोहसँगै महाधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने कार्यक्रम छ ।

महाधिवेशनका लागि थारु समुदायका सयौँ नेता तथा कार्यकर्ताहरु काठमाडौँ आइसकेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ९ : ३५ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित